ठगी मुद्दामा वडाध्यक्ष पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

ठगी मुद्दाका अभियुक्त वडाध्यक्षलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष ४२ वर्षिय दीपकप्रसाद सुवेदी ठगी सम्बन्धी कसूर मुद्दामा फरार थिए । फागुन ८ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले वडाध्यक्ष सुवेदीलाई पोखरा–६ वैदामबाट पक्राउ गरी आइतबार जिल्ला अदालत हाजिर गराई म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *