ठूला भ्रष्टाचारीलाई पनि कारबाहीको दायरामा ल्याउनुस– प्रदेश प्रमुख

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ठूल्ठूला भ्रष्टाचारीलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने बताएका छन् । हजारौ शहिदको वलिदानबाट प्राप्त संविधानको रक्षाको लागि पनि ठूला भ्रष्टाचारीलाई प्रमाण पु¥याएर कानुनी कठघरमा उभाउन जरुरी रहेको उनले बताए । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले प्रतिवेदन बुझाउने क्रममा प्रदेश प्रमुख गुरुङले भ्रष्टाचार मुक्त गर्न नसकिने भन्दै न्युनीकरण गर्न अख्तियारको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।
अल्प विकसमित मुलुकमा भ्रष्टाचार बढी हुने बताउदै उनले यस व्यवस्था (संघीय लोकतान्त्रिक गणतन्त्रात्मक) अन्तर्गत तीन तहकै सरकारलाई जनविश्वास प्राप्त गर्नका लागि आयोगको सकृय भूमिका आवश्यक रहेको बताए । ‘बढी भन्दा बढी निष्ठा, इमान्दारीका साथ काम गरे ठूला मान्छे पनि समात्न सकिन्छ’ उनले भने, ‘आयोग नै कमजोर भयो भने, ठूला माछा भन्निछ तिनै समात्न नसके जनताको विश्वास पनि गुम्छ । हजारौ शहिदको वलिदानवाट प्राप्त संविधानकै खतरा हुन्छ । संविधानलाई दीगो बनाउन पनि आयोगले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ ।’
गुरुङले अख्तियार बाहेक अन्य संयन्त्रले आफूलाई वार्षिक प्रतिवेदन नबुझाएको बताएका छन् । ‘अपार्दशी, समाजविरोधी भावना गलत तरिकाले सम्पति आर्जन गर्ने प्रबृति निरुत्साहित गर्नुहुनेछ भन्ने विश्वास छ ।’ उनले भने । उनका अनुसार आयोगको सक्रिय भूमिका रहँदा संविधान अन्तर्गतका सम्पूर्ण निकायको एउटा प्रष्ट जनविश्वास प्राप्त गर्ने आधार खडा हुन्छ । यदी यो सिस्टममा त्यस्ता किसिमका सुशासनको क्रियाकलाप अधिक हुदै गए संविधानको उदेश्य अनुसार राज्यले काम गर्न नसकेको अवस्थामा जनआस्था गुम्ने र विद्रोह हुने सम्भावना हुन्छ । उनले प्रमाणका साथ मुद्दा चलाएर फैसला गरि दण्ड जरिवाना गरे मात्र सिस्टम र संस्थाप्रति विश्वास बढेर जाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *