डीएसपी ठगबहादुर केसी बर्खास्त

Share this post :

Facebook
Twitter
WhatsApp

डीएसपी ठगबहादुर केसी बर्खास्त भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत केसी मंगलबार बर्खास्त भएका हुन् । प्रहरी प्रधान कार्यालयकाे सिफारिस अनुसार केसीलाई गृहमन्त्रीस्तरीय निर्णयबाट बर्खास्त गरेकाे हाे ।

प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐनविपरीत कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन सोमबार गृह मन्त्रालयसमक्ष सिफारिस गरिएको थियाे । केसीले बुटवलका सुन व्यवसायीबाट ३५ तोला सुन फिर्ता गर्ने सर्तमा ८ लाख ५० हजार रुपैयाँ घुस लिएको र सुनसमेत फिर्ता नगरेको प्रहरी प्रधान कार्यालयको छानबिन टोलीले ठहर गरेको थियो ।

केसीलाई गत पुस ११ गते इलाका प्रहरी कार्यालय बुटवलको निवासबाट सुन, ९ लाख ५० हजार रुपैयाँको चेक र ८ लाख ५० हजार रुपैयाँ नगदसहित सीआईबीको टोलीले पक्राउ गरेको थियो । केसी बुटवलबाट कास्की सरुवा भएका थिए । रमाना लिएर कास्की जानुभन्दा एक दिनअघि उनी सुन र नगद रकमसहित पक्राउ परेका हुन् । पक्राउ परेलगत्तै उनी निलम्बनमा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *