ड्रागन बोट फेस्टिभलको उपाधि चाइनालाई, नेपाल उपविजेता

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा फेवातालमा सोमबार सम्पन्न दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभलको उपाधि चाइनाले हात पारेको छ । दुई विधामा भएको फेस्टिभलमा नेपाल उपाधिविहिन बन्यो । सोमबार भएको पाmइनलमा नेपाललाई हराउँदै चाइनाले उपाधि जितेको हो ।

फेवातालमा २०० र ५०० मिटर फाइनल रेसमा चिनको डोङग्वान लाओयू क्लब टिमले दोहोरो उपाधि जितेको हो । दोहोरो उपाधिसंगै यसले नगद १० हजार डलर हात पारेको छ । डोङग्वान लाओयू क्लबले २०० मिटरको निर्धारित दुरी ००ः४७ः७२० मिली सेकेण्डमा पार गर्दै च्याम्पियन हुँदा ५०० मिटरतर्फ २ मिनेट ०४.४७ सेकेण्डमा दुरी पार गर्दै च्याम्पियन बनेको हो ।

त्यस्तै २०० मिटरतर्फ एक सेकेण्डले पछि रहेको चिनकै युनान मिन्जु युनिभर्सिटी टिम दोस्रो भएको छ । सो टिमले ००ः४८ः२२० मिली सेकेण्डमा दुरी पार गर्न सफल भयो भने चिनकै लिआओचिङ यूनिभर्सिटी टिम ००ः५०ः८३० मिलिसेकेण्डमा दुरी पार गर्दै तेस्रो भएको छ । सोही प्रतिस्पर्धामा युनान प्रान्तको नर्मल विश्वविद्यालय ००ः५१ः१६० मिलिसेकेण्डको समयमा चौथो स्थान प्राप्त गरेको छ । ५०० मिटर ड्रागन बोट रेसमा लिआओ चेङ युनिभर्सिटी छिम दोस्रो बनेको छ । उसले निर्धारित दुरी २ मिनेट ७.३४ सेकेण्डमा पुरा गरेको थियो । प्रतियोगितामा यूहान युनिभर्सिटी टिम तेस्रो भएको छ । निर्धारित दुरी पार गर्न २ मिनेट ८.४४ सेकेण्डको समय लिएको थियो ।
प्रतियोगितामा पाँच सय र दुई सय मिटर विजेता टोलीले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तृतीय भएको टोलीले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । अन्य सहभागि टिमलाई भने जनही नगद ५ सय डलर प्रदान गरिएको आयोजकले जनाएको छ ।
गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपालस्थित चिनिया राजदूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र ओभरसिज चाइनिज एसोसिएसन पोखराको सह–आयोजनामा आयोजित प्रतियोगिता आइतबार सुरु भएको थियो । प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका २० टोली सहभागी थिए । प्रतियोगितामा चीनको ८, सिंगापुरको एक र नेपालबाट गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल ¥याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ टोलीको सहभागिता थियो ।

One Response

  1. We deliver your campaign to millions of business platforms via their web contact portals. You don’t need your own list … we supply all the data.

    You got this, right?.

    Want more customers, sales prospects, business leads?

    The process is easy: just send us your content, and we transmit it to key decision-makers. No ads, no email blasts, no learning curve.

    It’s quick and affordable to get in front of massive numbers of businesses … beginning at only $22.

    # Visit our site to launch your campaign: https://bit.ly/formmarket

Leave a Reply

Your email address will not be published. Required fields are marked *