ढुँगा निर्यात गर्दै ताराखोला गाउँपालिका

Share this post :

Facebook
Twitter
WhatsApp

बाग्लुङको ताराखोलाका ढुँगा नेपालका विभिन्न शहरमा पुग्छन् । ढुँगा निर्यातबाट यस गापाले राम्रो आम्दानी गर्दै आएको जनाएको छ । अघिल्लो आवमा मात्रै ढुँगा विक्रीबाट ३१ लाख आम्दानी गर्यो । पालिकामा उठ्ने राजश्वमध्ये सवैभन्दा धेरै ढुँगाबाटै आम्दानी हुने गापाले जनाएको छ । पालिकाको तथ्यांक अनुसार झन् अघिल्लो आवको तुलनामा गत वर्ष १६ लाखले राजश्व बृद्धि भएको छ ।
ताराखोलाले कार्यविधि बनाएर ढुँगा उद्योग दर्ता र संचालनका लागि बाटो खोलेको छ । जसअनुसार आम्दानी बढ्न थालेको पालिकाले जनाएको छ । पालिकाका अनुसार ढुँगा उद्योगबाट यस पालिकाभित्रका एक सय युवाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । पालिकामा अहिले १२ वटा ढुँगा उद्योग दर्ता छन् । ५ वटाले नियमित ढुँगा निर्यात गर्दै आएका छन् । पालिकाले ढुङ्गा उद्योग दर्ता गर्न ३० हजार र नवीकरण गर्न २५ हजार शुल्क तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *