तारा एअरकाे पाेखरा-जाेमसाेम नियमित उडान असाेज २३ देखि

Share this post :

Facebook
Twitter
WhatsApp

कोरोना भाइरसको संक्रमण देखिएसंगै बन्द रहेको तारा एअरको पोखरा–जोमसोम नियमित उडान असोज २३ देखी संचालन हुने भएको छ । कोरोनाको संक्रमण बढेसंगै धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर बन्द गरेपछि उडान पनि बन्द गरिएको थियो ।

यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले मुक्तिनाथ मन्दिर खुला गरेसंगै आफ्नो उडान सुचारु गर्न लागेको यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताए । नजिकिदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान नियमित संचालन गर्न लागिएको उनले बताएका छन् ।

‘बिगतका बर्षमा जस्तै पोखरा बिमानस्थलमा नै जहाज राखेर तारा एअरको १९ सिटे विमानमार्फत दैनिक उडान गर्न लागेका छौ’ प्रवक्ता बर्तौलाले भने, ‘कोरोना महामारीका कारण बन्द हुनुभन्दा पहिले ताराले पोखरा–जोमसोम यात्रुको चाप हेरेर दैनिक पा“च वटासम्म उडान भर्दै आएको थियो ।’ २०७६ चैत १० मा अन्तिम उडान गरेपछि चैत ११ देखी पहिलो चरणको लकडाउन सुरु भएसंगै उडान रोकिएको उनले बताए । उनका अनुसार जोमसोममा दिउ“सो हावा चल्ने भएकाले वायुसेवाहरुले विहान १२ बजेभित्र नै उडानहरु भर्नुपर्ने हुन्छ ।

तारा एअरले पोखरादेखी माउन्टेन फलाइट पनि गर्ने गरेको उनले जानकारी दिए । तारा एअरको पोखरामा एउटा मात्र विमान छ । यात्रु पोखरा देखी जोमसोम २५ देखी ३० मिनेटमा सहजै पुग्न सक्नेछन् । यात्रुको माग अनुसार दिनमा ४ पटकसम्म उडान गर्न सकिने प्रवक्ता बर्तौलाले जानकारी दिए ।

‘पोखरा–जोमसोम रुट सुरक्षित रुट मानिन्छ’ उनले भने, ‘सुरक्षालाई ख्याल गर्दै ठाउ“ ठाउ“मा सिसि क्यामरा जडान गरिएको छ ।’ दुर्गममा उडान गर्ने वायुसेवाहरुमा तारा एअरले मात्र पोखरा, नेपालगंज र काठमाण्डौंमा नियमित बायुयान राखेर दुर्गममा सेवा दिंदै आएको बर्ताैलाको भनाई छ । तारा एअरसंग हाल दुर्गममा उडान गर्ने ४ वटा टुइनअटर बायुयान रहेका छन् । तारा एअरले लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरा लगायत दुर्गमका बिमानस्थलहरुमा नियमित तथा चार्टर उडान भर्दै आएको हवाई सुरक्षा प्रमुख बर्तौलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *