तारा एयरको पोखरा–जोमसोम उडान स्थगित

Share this post :

Facebook
Twitter
WhatsApp

तारा एयरको विमान आइतबार दुर्घटना भएपछि पोखरा–जोमसोम–पोखरा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको तारा एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै तारा एयरले विशेष कारणबस उडान स्थगित गरिएको जनाएको छ ।
पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरूको शव आज मात्रै आफन्तलाई बुझाइएको छ । सरकारले उक्त विमान दुर्घटनाका विषयमा जाँच गर्न एक आयोग गठन गरेको छ । उक्त आयोगलाई विमान दुर्घटनाको कारण र आगामी दिनमा दुर्घटना हुन नदिन चालिनुपर्ने कदमबारे सुझाव दिन कार्यादेश सरकारले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *