गण्डकी प्रदेश सरकारले विषयगत इकाई कार्यालयबाट विभिन्न शिर्षकमा सीपमूलक तालिमको लागि वर्षेनी बजेट विनियोजन गर्दै आएको छ । यसवर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको छ । यस्तै, संघीय सरकार अन्तर्गत प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) गण्डकी प्रदेशले विभिन्न शिर्षकमा तालिमबापत करोडौ रुपैया“ खर्चिएको छ ।
तालिममा सरकारको अरवौ खर्च भए पनि उपलब्धि भने शुन्य छ । संघ, प्रदेश र स्थानीय तहबाट एक वर्षमा मात्रै अरवौ रुपैया“को बजेट खर्च हुन्छ । तर, व्यवहारमा १० प्रतिशत मात्र लागू हुने सीटीइभीटी गण्डकी प्रदेश स्वंम बताउ“छ । सीटीइभीटीले चालु आर्थिक वर्षमा गण्डकी प्रदेशमा ५ करोड रुपैया“ खर्चिदै छ । उक्त बजेटले ३ हजार जनाले मात्र तालिम प्राप्त गर्नेछन् । व्युटिसियन, टेक्निसियन, सिलाईकटाई, वइरिङ, कुकिङ, इन्जिनियरिङ, कृषि, हस्पिटालाइज, पर्यटन लगायतका क्षेत्रमा सीटीइभीटीले तालिम दिदै आएको जनाएको छ ।
सीटीइभीटीले यसवर्ष पनि यिनै क्षेत्रमा तालिम दिन लागेको हो । सीटीइभीटी गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले तालिम लिएमध्ये १० प्रतिशतले मात्र व्यवहारमा काम गरेको बताए । तालिमको माग बढी भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको उनको भनाई छ । ‘तालिममा सरकारको धेरै बजेट खर्च भएको हुन्छ’ उनले भने, ‘फिल्डमा जादा“ उपलब्धी देखिदैन् ।’ सरकारका विभिन्न कार्यालयले आफूखुशी बजेट खर्चिदा सदुपयोग नभएको बताउदै उनले सीपमुलक तालिममा एकीकृत प्रणलीमार्फत लगानी गर्नुृपर्ने बताए । सीटीइभीटीले आव २०७७÷७८ मा ४ हजार जनालाई तालिम दियो । तिनीहरुको लागि ६ करोड ८० लाख रुपैया“ खर्चिएको छ ।
यस्तै, आव २०७६÷७७ मा ८ करोड ५० लाख रुपैया“ खर्चिएर ५ हजार जनालाई तालिम दिएको थियो । आचार्यले सीटीइभीटीले बर्षेनी सीप मुलक तालिम प्रदान गर्दै आएको भए पनि तालिमको लागि एउटा प्रशिक्षक उत्पादन गर्न नसकिएको बताए । ‘हामीले तालिम संचालन गर्दा यसभन्दा अघि तालिम लिएका प्रशिक्षार्थीलाई प्रशिक्षक बनाउ“छौ’ उनले भने, ‘पात्रको खोजी धेरै हुन्छ तर, पाइदैन ।’ तालिम तालिमको लागि मात्र हुने उनले बताएका छन् । गण्डकी सरकार अन्तर्गत व्यवसायीक तथा सीप विकास तालिम केन्द्रको कास्की र पर्वतमा दुई कार्यालय मात्र छन् । यिनीहरुले पनि वर्षेनी सीप मुलक तालिमको आयोजना गर्छ । यि दुई कार्यालयमा ३ करोड ६० लाख रुपैया“ विनियोजन भएको छ । गतवर्ष पनि सोही बजेटको हाराहारीमा तालिम आयोजना भएको थियो ।
सीप विकासले यसवर्ष ९ सय १७ जनालाई तालिम दिदै छ । सीप विकासले तत्काल उद्यमी, व्युटीसियन, सिलाईकटाई, सैलुन, प्लम्बिङ, मन्टेश्वरी, मोटरसाइकल मर्मत, बुटिक डिजाइन र कुक, कम्प्यूटर हाडवर्यरका तालिम संचालन गर्दै छ । यसको लागि शिक्षा, संस्कृति विज्ञान तथा सामाजिक विकास मन्त्रालय, सीटीइभीटी लगायतमा पत्राचार गरिसकेको छ । यसैगरी, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायीक प्रतिष्ठानले यसवर्षको लागि विभिन्न शिर्षकमा तालिम संचालन गर्न १ करोड रुपैया“ छुट्याएको छ । प्रतिष्ठानका अनुसार यतिबेला धमाधम तालिम संचालन भइरहेका छन् । गण्डकीका एघारवटै जिल्लाका घरेलु तथा साना उद्योग कार्यालय अन्तर्गत पनि तालिमको आयोजना गरिदै आएको छ । घरेलु कार्यालय कास्कीका प्रमुख डोलराज पराजुलीले यसवर्ष दुईवटा शिर्षकमा तालिम रहेको बताए ।
घरेलु कार्यालय कास्कीमा दुई चरणका फरक दुई तालिमको लागि ५ लाख र साढे ४ लाख रुपैया बजेट रहेको उनको भनाई छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका प्रमुख नारायण आचार्यले घरेलु तथा साना उद्योग कार्यालयमार्फत गण्डकीका एघारवटै जिल्लामा विभिन्न सीप मुलुक तालिम संचालन गरिने बताए । विगतका वर्षमा जस्तै यसवर्ष पनि घरेलु कार्यालयमार्फत तालिमलाई प्राथमिकता दिइएको छ । संघ र प्रदेशबाट तालिममा मात्र एक वर्षमा १८ अर्व रुपैयाँ खर्च हुने सीटीइभीटीका आचार्य बताउ“छन् । ‘सरकारको ठूलो लगानी छ’ उनले भने, ‘तालिमको बजेट वालुवामा पानी सोसे जस्तै हो । पछिल्लोसमय स्थानीय सरकारले पनि उस्तै लगानी गरेका छन् । यसको लेखाजोखा गरिएकै छैन् ।’ उनले आगामी दिनमा हालसम्म भएका लगानीको अध्ययन नगरी कार्यक्रम स्वीकृत र लगानी गर्न नहुने बताए । गैरसरकारी संस्था तथा नीजि क्षेत्रले पनि तालिमको लागि करोडौ खर्च गरेको आचार्य बताउ“छन् ।
सरकारका विभिन्न कार्यालयमार्फत जाने बजेट अवका दिनमा एउटै कार्यालयबाट दिने गरि छलफल भइरहेको उनले बताए । संघ र प्रदेशबाट हुने तालिमको लगानीमा स्थानीय सरकारले समन्वय नगर्दा पनि तालिम प्रभावकारी नभएको कार्यालयको बुझाई छ । ‘कार्यालयमार्फत तालिम दिने हो स्रोत र साधन उपलब्ध गराउन सकिदैन’ उनले थपे, ‘जसले गर्दा तालिम तालिममै सकिन्छ ।’ वर्षेपिच्छे विभिन्न विषयमा तालिम दिदै आएको संस्था एसोएस व्यवसायीक तालिम केन्द्रका तालिम व्यवस्थापक शिव लामिछानेले पनि तालिम प्रभावकारी नहुने गरेको स्वीकारे । उनका अनुसार तालिम लिन्छन तर, रोजगारीमा लाग्दैनन् । कतिपयले डकुमेण्टीका लागि तालिम लिने गर्छन् । ‘कोही आफूले सिकेर केही गरौ भन्दा पनि लै लैमा तालिम लिन आउछन’ उनले भने, ‘खाली समयको सदुपयोग गर्ने बढी हुन्छन् । जसले गर्दा तालिम प्रभावकारी हुदैन ।’ तािलम दिदा कस्ता व्यक्तिलाई दिने भन्ने छनोट नभएकाले पनि तालिम प्रभावकारी नहुने सीटीइभीटीका आचार्यको भनाई छ ।
‘तालिम गुणस्तरीय पनि छैनन्’ आचार्य भन्छन, ‘तालिम लिनेहरुलाई समयसमयमा मनिटरीङ गर्ने, तालिमपछि उद्यमी बन्न खोज्नेलाई सस्तो अनुदानमा वित्तिय सहयोग गर्नुपर्छ ।’ उनले उत्पादीत बस्तुको बजारीकरणमा पनि सहयोग गरे तालिम प्रभावकारी देखिने बताए । व्युटिसियन, सैलुन, इलेक्ट्रिकल, टेलरिङ, अटो र कुकिङ तालिमको लागि माग बढी रहेको सीटीइभीटीले जनाएको छ । कार्यालयका अनुसार कुकिङको तालिम लिनेहरु ९० प्रतिशत विदेशीएका छन् । उत्पादीत वस्तुलाई स्थानीय सरकारले बजारीकरणको व्यवस्था गर्ने र तालिम प्राप्त व्यक्तिलाई उद्यमीले व्यवस्थापन गर्न सके तालिमको महत्व बढ्ने कार्यालयले जनाएको छ ।
