तीन बुँदे सहमतिसहित दृष्टिविहीन शोभाले तोडिन अनसन

Share this post :

Facebook
Twitter
WhatsApp

आइतबारदेखी अनसन बसेकी दृष्टिविहीन शिक्षिका शोभा पौडेलले मंगलबार साँझ आमरण अनसन तोडेकी छन् । तीन बुँदे सहमतिसहित उनले प्रदेश शिक्षा निर्देशक अम्बिका आचार्यको हातबाट जुस पिएर अनसन तोडकी हुन् ।
पायक पर्ने विद्यालयमा जागिरको माग गर्दै पौडेलले अनसन बसेकी हुन् । पहुँचयुक्त र पायक विद्यालयमा पदस्थापना र हाजिर गराई स्थायी रोजगारको सुनिश्चित गर्ने मागसहित पौडेल पोखरा महानगरपालिका–१ बगरस्थित शिक्षा विकास निर्देशनालय गण्डकी र शिक्षा विकास समन्वय इकाइ कास्कीको परिसरमा आमरण अनसन बसेकी हुन् । शिक्षा निर्देशक अचार्यले उनको माग सम्बोधन गर्ने गरी पटकपटक वार्ता बसेपछि आज सहमति जुटेको जानकारी दिए ।
हाल उनी राष्ट्रिय मावि पोखरामा नेपाली पढाउँछिन् । शिक्षा सेवा आयोगद्धारा उनको सरुवा लमजुङको दोर्दी गाउँपालिकाको बालकल्याण माविमा भएको भयो । अपांगता कोटामा निमावि नेपाली विषयमा नाम निकालेकी थिइन् ३८ वर्षीया शोभाले । तर, त्यहाँ जान उनलाई कठिन थियो । पायक पर्ने विद्यालयको माग गर्दै उनले सरुवा भए पनि बालकल्याण गएर हाजिर गरिनन् र अनसन बसिन् ।
उनलाई सरुवा भएको विद्यालयमा गएर हाजिर गर्ने सहमति भएको आचार्यले बताए । हाजिर गराएपश्चात कास्कीको ध्रुव माविमा ल्याउने र दुवै विद्यालयबीच सहमति जुटाएपछि शिक्षा विकास समन्वय इकाईले शिक्षा विभागमा पत्र पठाएर तीन महिनाभित्र ठाउँ खाली भएको विद्यालयमा ल्याउने (सरुवा गर्ने) र अनसन तोड्ने तीन बुँदे सहमति भएको शिक्षा निर्देशक आचार्यले बताए । दृष्टिविहीन शोभा पौडेल १५ वर्षदेखि शिक्षण पेसामा आबद्ध छन् । शिक्षण पेसामै आबद्ध उनका पति पनि दृष्टिविहीन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *