त्रिशुलीमा ट्याक्सी खस्दा सवार पाँच जनाकाे मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित सिमलधारा (मुग्लिङ नजिकै)बाट त्रिशुली नदीमा ट्याक्सी खस्दा पाँच जनाकाे मृत्यु भएकाे छ । शनिवार विहानै खसेको ट्याक्सी दुर्घटनामा परेर ट्याक्सीमा सवार ५ जनाको मृत्यु भएको हाे ।

काठमाडौँबाट गोरखा जान लागेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजेको समयमा सडकबाट करिब ८० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे छ । प्रहरीका अनुसार मृतक सबैको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला छन् । उनीहरुको पहिचान भने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *