स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट नेकपा एमालेकी सीता सुन्दास विजयी भएकी छन् । उनी देशभरकी एक्ली विजेता दलित महिला हुन् । सीताबाहेक अन्यत्र कुनै पनि दलले दलित महिला उम्मेदवार बनाएको थिएन् । ‘मेरो जित देशभरीका महिला दलितको जित हो’ उनले भनिन् । सीता सुन्दास दलित आन्दोलनबाट उदाएकी नेता हुन् ।
निर्वाचनकै दिन आमा गुमाएकी सुन्दासले १ हजार ४ सय २४ मतान्तरले विजयी भएकी हुन् । निकटतम प्रतिद्धन्द्धी सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी अमृता थापालाई हराउदै सुन्दासले १४ हजार ६ सय ९० मत प्राप्त गरिन् । पराजित अमृताले भने १३ हजार २ सय ६६ मत प्राप्त गरेकी थिइन् ।
२०२४ साउन ५ मा जन्मिएकी एमालेकी सीता सुन्दास २०३८ वाट अनेरास्ववियुबाट राजनीति यात्रा थालेकी हुन् । पार्टीका विभिन्न मोर्चामा रहदै काम गरेकी सुन्दास जिल्ला समन्वय समिति स्याङ्जाको निवर्तमान प्रमुख र जिल्ला समन्वय समिति महासंघकी निवर्तमान अध्यक्षसमेत हुन् । पुतलीबजार नगरपालिका–७ ठूलाडिही जन्मिएकी सुन्दाससँग महिला संघमा रहेर काम गरेको लामो अनुभव छ । साँस्कृतिक कार्यक्रममा बढी रुची देखाउने सुन्दास सँस्कृति मञ्च, गाउँ सयदल, पार्टीको नगर सदस्य, जिल्ला, गण्डकी सदस्य हुदै अहिले पार्टीको केन्द्रिय सदस्य हुन् । अविवाहित सीता पारिवारीक संघर्षले खारिएकी समाजसेवी हुन् । दलित परिवार त्यसमाथि गरिबी जहाँ सुन्दासको उदय भएको थियो ।
उनलाई नजिकबाट चिन्ने र बुझ्नले संघर्ष के हो भन्ने उदाहरण उनैको दिन्छन् । संविधानको मर्म र भावना अनुरुप संघसँगै प्रदेश बलियो बनाउने लक्ष्य सुन्दासको छ । जिससमा रहदाँ पालिकाको भन्दा पृथक भुमिका निभाएको बताउने उनी अव प्रदेशसभामा जनताको आवाज बोल्नेछिन् । बुलन्दरुपमा उठाउनेछिन् । ‘व्यवस्था बदलियो, अव जनताको अवस्था बदल्ने हो’ सुन्दास भन्छिन, ‘दलित, महिला, पिछडिएको वर्ग मेरो पहिलो प्राथमिकतामा रहनेछ । यसो भनिरहदाँ अन्य क्षेत्रका मेरा मतदाता टाढा रहन्छन भन्न खोजेकी चाँहि हैन् ।’ उनले बोल्न नसक्नेको आवाज संसदमार्फत सार्वजानिक गर्ने बताइन् । राजनीति सँगसँगै सुन्दासले लामोसमय शिक्षण पेशामा पनि विताएकी छन् ।
संघियता बचाउन र देशको आर्थिक गतिविधि चलायमान बनाउदै एमाले सरकारले अगाडि सारेका विकासका योजना पूरा गर्ने सपना उनको छ । ‘राजनीति स्थायीत्वको लागि पनि एमालेको भूमिका महत्वपूर्ण छ’ उनी दोहो¥याउँछिन्, ‘समानतामा आधारित न्याय स्थापना गर्न भुमिका खेल्नेछु । सांसद भइसकेपछि नीति, नियम र कानुन निर्माणमा चासो त रहने नै छ ।’
यसो त, स्याङ्जा महिला नेतृत्व जन्माउने जिल्लाको रुपमा चिनिन्छ । यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा वालिङ २ बाट प्रतिनिधिसभा सदस्यमा पद्मा अर्याल विजयी भएकी थिइन् भने, स्थानीय निर्वाचनमा पुतलीबजार नगरपालिकाको मेयरमा सीमा क्षेत्री विजयी हुदाँ नगर कार्यपालिकाको सदस्य हुदै सीता जिल्ला समन्वय समितिको प्रमुख थिइन् । महिलाले हाँकेको जिल्ला नमुनाकोरुपमा लिइन्थ्यो । ठूला भनिने पार्टीबाट आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि संघमा १ र प्रदेशभा दुई महिला उम्मेदवार थिए । निर्वाचन क्षेत्र नम्बर २ मा मतदान भएको १० दिनसम्म मतगणना हुन सकेको छैन । जसका कारण पद्माको नजिताबारे भन्न सकिदैन् ।
घुम्दैफिर्दै सांसद
प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन चाहान्थे नेकपा एमालेका मिनप्रसाद गुरुङ । २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट बाम–गठबन्धनका साझा उम्मेदवार गुरुङ प्रदेशसभा सदस्यमा निर्वाचित भएर ५ वर्ष विताए । प्रदेश सांसदको अनुभव लिएका गुरुङ संघिय निर्वाचनमा होमिने तय गरे पनि पार्टीभित्र हुने चरम गुटको सिकार बने ।
प्रदेशसभामा संसदीय भूमिका निभाउदा विवादरहित रहेका गुरुङलाई पार्टीले १ को (१) बाट चुनावमा उठाउने निर्णय गर्यो । यसो त, गुरुङ पार्टीभित्र बलियो उम्मेदवारको रुपमा चिनिन्थे । बाम–लोकतान्त्रिक गठबन्धनलाई परास्त पार्न सक्ने भन्दै उनलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउन अघि सारिए पनि गुरुङ असन्तुष्टि जनाउँदै उम्मेदवारी दर्ता गराउनुपूर्व हङकङ गए । कार्तिक २१ गते उम्मेदवारी दर्ता नगराई पारिवारीक भेटघाटका लागि विदेश गएपछि पार्टीले एकाएक सीता सुन्दासलाई उम्मेदवार बनाएर उम्मेदवारी दर्ता गराएको थियो । तिनै सुन्दास मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को (१) वाट प्रदेशसभा सदस्यमा विजयी भएकी छन् ।
सत्तारुढ (पाँच दलिय) गठबन्धनबाट माओवादी केन्द्रकी अमृता चुनावी मैदानमा उत्रिरहदा सुन्दासलाई पनि त्यति सहज थिएन् । काँग्रेसको राम्रो क्षेत्र, माओवादीका पनि राम्रो भोट मानिने क्षेत्रमा अमृताले जित्ने पक्कापक्की जस्तै थियो । तर, सीता भूगोलमा नै रहेर रातदिन काम गरेको आधारमा जित्छु भन्ने विश्वस्त थिइन् । गृहजिल्ला स्याङ्जा नै भए पनि अमृता ो याङ्जामा त्यति चिनिएको अनुहार होइन् । काँग्रेसभित्रको गुट र उपगुट, माओवादीकै असन्तुष्टि पक्षबाट अमृतालाई भोट नआउँ ँएमालेकी सुन्दासलाई फाइदा मिलेको थियो । जसका कारण विजेतामा निर्णय मत हुन पुग्यो । यसकारण सीता प्रदेशसभा सदस्य हुन पुगिन् ।
