दशकपछि बन्यो सडकपुल

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको आँधीखोला गाउँपालिका–५ सेतिदोभानस्थित आँधीखोलामाथि निर्माणाधीन सडकपुल एक दशकपछि सम्पन्न भएको छ । प्राविधिक र निर्माण कम्पनीको लापारबाहीका कारण पुल तोकिएको समायाधिभित्र बन्न सकेको थिएन् । वर्षाको समयमा आँधीखोला तर्न नसक्दा यहाँका बासीन्दा वारपार गर्नबाट बन्चित हुनुपर्ने समस्याको अन्त्य भएको स्थानीय हरि ढकाल बताउँछन् ।
नेपालकै पहिलो ग्रामीण पर्यटकीय होमस्टे सिरुवारी पुग्ने मोटरेबल पुलको निर्माण कार्य समयमै सम्पन्न भएको भए आजभन्दा ७ वर्षअिघ नै हस्तान्तरण हुने थियो । सडक डिभिजन कार्यालय पोखराको प्रत्यक्ष रेखदेखमा सडकपुल निर्माण गरिएको हो । जिल्ला सदरमुकामबाट सवैभन्दा नजिकको दुरीमा रहेको नाँगडाँडा–सेतीदोभान–सिरुवारी सडकखण्ड अन्तर्गत निर्माण थालिएको उक्त मोटरेबल पुल २०७१ साल असोज २६ गते सम्झौता भएको थियो । यो पुल २०७३ असोज २५ गते सकेर हस्तान्तरण गरिसक्नुपर्ने थियो । पुलको जम्मा लम्बाई ५० र चौडाई ७ मिटर छ । कान्छाराम आशेष जेबीले निर्माण गर्ने जिम्मा लिइएको थियो । स्थानीय प्राडा गणेशमान गुरुङले यो पुल नहुँदा धेरै समस्या भोग्नुपरेको बताए । उनले ठेक्का एउटाले लिने र काम अर्कै ठेकेदारले गर्ने हुँदा समस्या भएको उनले बताए ।
यो पुल नहुँदा कार्कीनेटा र सतौको जोखिम बाटो मोल्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयले बताएका छन् । पुल निर्माण भएपछि स्याङ्जा र पर्वतका जनता प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुको सहज ढुवानी हुनेछ । यहाँका उत्तरी भेग दरौ, पंचमुल, आरुचौर, चिलाउनेबास, विचारीचौतारा, फापरथुम र सेतीदोभान साथै पर्वतको फलेबास नगरबासी हुदै कुस्मासम्मका जनताले प्रत्यक्ष फाइदा लिन सक्नेछन् । यस पुलले स्थानीयको जिवनस्तर बृद्धिमा समेत ठूलो महत्व राख्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *