अर्घाखाँची घर भई पोखरा बस्दै आएकी ३७ वर्षिया विन्दा खनाल यसपटकको दशै पोखरामै बनाउने तयारीमा छन् । अघिल्ला वर्षको दशै मनाउने घर नै जाने गरेको बताउने खनाल यसपटक भने पोखरामा नै दशै मनाउने तयारी रहेको बताइन् ।
दुई छोराछोरी र श्रीमानसहित पोखरामा बस्दै आएकी उनी पेशाले व्यवसायी हुन् । ‘दशैको बेला व्यापार हुन्छ की भन्ने आश लाग्ने’ उनले भनिन, ‘त्यही माथि यो सडक । पिटक्कै घर जान मन लाग्दैन् । पानी पर्दा हिलो र घाम लाग्दा धूलो मात्र होइन, खाल्डाखुल्डी उस्तै । विरौटा चोकदेखि बुटवल बजार पुग्दासम्म सडककै समस्या रहेको उनले बताइन् । उनले बुटवलबाट अर्घाखाँची जाने बाटो पनि समस्या रहेको बताउदै भन्छिन, ‘सडकका कारण चाडपर्वमा पनि खासै रमाइलो नलाग्ने । घर जानको समय उस्तै लाग्ने अनि थकान पनि ।’ छोराछोरीस“ग जोखिम बाटो घर जानु भन्दा पोखरामा नै दशै मनाउने उनको भनाई छ ।
उनी जस्ता दशै मनाउन घर नजानको संख्या पनि उस्तै छ । साँघुरा सडक । खाल्डाखुल्डी । यत्रतत्र पार्किङ । सडक भरिभराउ सवारी साधन । हिलो, धुलो र पानी जम्ने समस्याले यतिबेला दशैमा घर फर्किनेले सास्ती भोगिरहेका छन् । सडक बनाउने बाहानामा भत्काइने मनपरीका कारण पनि सडक जोखिम छन् । पोखराको पृथ्वीचोकबाट बुटवलसम्म चार जिल्ला छुने मात्र होइन सिद्धार्थ राजमार्ग नेपाल र भारतको नाका जोड्ने सडक पनि हो । जसका कारण बाह्रै महिना सास्ती झेल्नुपरेको पोखरा महानगरपालिका–१७ का धु्रव शर्माले बताए । ‘बाटोकै कारण विरौटादेखी उदो जान मनै लाग्दैन’ उनले भने, ‘रोड पटकपटक भत्काएको छ ज्यान नै जोखिम मोल्नुपर्ने ।’ यो राजमार्गको कास्की सडकखण्ड मात्र होइन स्याङजा, पाल्पा र रुपन्देही सडकखण्ड नै उस्तै जोखिम छ । पूर्व, पश्चिमसमेत यही राजमार्ग हुदै जानुपर्ने भए पनि सडक नबन्दा यात्रु वर्षौदेखी जोखिम मोल्दै यात्रा गर्न बाध्य छन् । ‘दशै भनेर घर आयो बाटोको अवस्था उस्तै छ’ वैदेशिक रोजगारीको लागि दुवई गएका स्याङ्जाका युवराज थापा भन्छन, ‘भाडामा लिएको कोठा नै किन नहोस यसपटकको दशै पोखरा नै मनाउने हो ।’
पोखराबाट आफ्नो घर पुग्न तीन घण्टा लाग्ने बताउदै उनले जोखिम मोलेर घर जानुभन्दा पोखरामा नै सुरक्षित रहने बताए । पाल्पाको तानसेन घर भई पोखरामा फ्रेस हाउस संचालन गरेर बसेका रामु गाहा मगर पनि जोखिम सडकले घर जानै गाह्रो बनाएको बताउँछन् । यदपी समस्याका बावजुद पर्यटकीय अर्थात गण्डकी प्रदेशको राजधानी जोड्ने सिदार्थ पछिल्लोसमय अस्तव्यस्त देखिन थालेको छ । यसो त, काठमाडौ हुदै गण्डकी प्रदेश आउनेलाई पनि पृथ्वी राजमार्गको समस्या छ । पोखरा–१७ बस्ने रेखा थापा भन्छिन, ‘छोरा काठमाडौ छ म पोखरा । म जाउकी छोरा बोलाउने दुविधामा छु । पेलेनमा जाउ महंगो भाडा गाडीमा जाउँ बाटोको अवस्था त्यस्तो छ । दशै पनि किन आउँदो हो जस्तो हुन थाल्यो ।’ उनले परिवारका सदस्य पनि सडककै कारण यत्रतत्र छरिनुपर्ने बताइन् । अहिले पृथ्वी राजमार्ग मर्मतको क्रममा छ । त्यस्तै सिद्धार्थ राजमार्गको पनि अवस्था उस्तै । पैदलयात्रुले सहजै सडक ओहोरदोहोर गर्न पाएका छैनन् । ५ मिनेटको बाटोमा आधी घण्टा समय विताउनुपर्ने बाध्यता छ । सडक व्यवस्थापनमा पनि सम्बन्धित निकायको चासो पुग्न नसकेको गुनासो स्थानीयबासीको छ ।
‘पोखराबाट तनहुँको सदरमुकाम दमौली पुग्न ५० किलोमिटर भए पनि समय भने जम्मा एक घण्टाको हो’ यात्रु उज्वल थापा भन्छन, ‘अहिले पोखराबाट दमौली पुग्न २ घण्टा लाग्छ । जताततै खाल्डाखुल्डी र सडक भाँसिएका कारण राजमार्ग छाडेर भित्री बाटो जानुपर्ने हुन्छ ।’ उनी पेशाले व्यवसायी हुन् । उनी व्यवसायकै कामले काठमाडौबाट पोखरा, काठमाडौंबाट पोखरा हुदै बुटवल, भैरहवा ओहोरदोहोर गरिरहन्छन् । पछिल्लोसमय यी दुई राजमार्ग अस्तव्यस्त हुदाँ यात्रा गर्न पनि जोखिम बढेको उनको भनाई छ । उनले लामोसमयपछि घर फर्किनेलाई समस्या नै सडकको हुने बताए । ‘हामी ओहोरदोहोर गर्नेले त यस्तै हो भन्छौ । लामो समयपछि चाडवाड बनाउन घर फर्किनेको खुशी सडकले नै लुट्छ’ गम्भिर हुदै उनी भन्छन, ‘राम्रा र चिल्ला सडकमा कहिलै हिड्न पाइएला की नाई कुन्नि ?’ नीजि सवारी साधनको संख्या थपिएकाले पनि लापारबाही चलाउँछन् । अस्तव्यस्त जोखिम सडकका कारण यात्रुलाई दोहोरो बाटो क्रस गर्न पनि समस्या छ । वालिङको नगर प्रमुख कृष्ण खाँणले दशैअघि नै सडक मर्मत र खाल्डाखुल्डीको लागि सडक डिभिजन विभागमा अनुरोध गरेको बताए । ‘डिजीसँग भेटेर नै सडकको अवस्थाबारे कुरा गरेको छु’ उनले भने, ‘डिजीले समाधान गर्छु त भन्नुभएको छ तर, कहिले गर्नुहुन्छ थाहा छैन् ।’ आफू जनप्रतिनिधि भइरहदा दिनदिनै सडकलेसमेत गिज्याउने गरेको उनी बताउँछन् । ‘मलाई नगरपालिकाका अन्य काम भन्दा राजमार्गकै चिन्छा बढी छ’ उनले भने ।