दशैमा पनि सुनसान छ गाउँ

Share this post :

Facebook
Twitter
WhatsApp

घटस्थापनापछि दशै आएको भान हुन्थ्यो । गाउँ नै उज्यालो हुने । मेलापात थाती राखेर गाउँ सरसफाई गर्ने, घर सजाउने काम गरिन्थ्यो । घर रंगाउनको लागि सेतो र रातो माटो खोज्न, खन्न धाउनुपर्ने । गाउँभरीका महिला मिलेर माटो लिन जान्थ्यौ । छोरा मान्छे खशी, च्याङग्राको जोहोतिर लाग्थे । बजार गएकाहरु घटस्थापनापछि घर आउथे भने, सप्तमी र अष्टमीसम्म विदेशीएका परदेशी पनि आउथे । दशैको मौका पारी परदेशी घर फर्किने भएकाले पनि घर भरिभराउ हुन्थ्यो । युवाहरु टोल–टोलमा पिर्के र लिङ्गे पिङ हाल्न तम्सिन्थे । मिठो खाने र नयाँ कपडा लगाउने भनेपछि केटाकेटीको मुहारमा पनि छुट्टै रौनक देखिन्थ्यो ।

घरघरमा सेल रोटी हाल्ने चलन पहिलेकै हो । वर्षमा एकपटक भुइँ छोड्नुपर्छ भन्ने मान्यताले पिङ खेल्न उस्तै घुइँचो लाग्थ्यो । तर, आजभोली गाउँमा दशैको महसुस गर्न सकिदैन् । दशैका अघिल्ला दिनसम्म सुनसान हुने गाउँमा टीकाको दिनमा पनि त्यति रमाइलो भएन् । घर आउनैपर्ने बाध्यता भएका सदस्य घर आए पनि कतिपय पहिलेजस्तो घर फर्किनै छोडे । न गाउँका घर रातो माटोले लिपिएका छन् न त पिङ नै देख्न सकिन्छ । समयसंगै मानिसका दैनिकी पनि फेरिएका छन् । यो भनाई स्याङ्जाको पुतलीबजार नगरपालिका–४ रामकोशकी ७८ वर्षिया तारादेवी पोखरेलको हो ।

‘अहिले घरघरमा बाटो पुग्यो’ उनी सुनाउँछिन्, ‘पहिलेजस्तो हिडेर जानेहरु भेटिदैनन् । गाउँभरी टीका थाप्दै हिडिन्थ्यो आजभोलीका छोराछोरी गाउँघरमा टीका थाप्न जान मान्दैनन् ।’ उनले दुई÷चार वर्षको अन्तरालमा दशै फेरिएको अनुभव सुनाइन् । दशैको बेला जुठो (आफन्त वितेपछि बार्नुपर्ने चलन) र सुत्केरो परेकाले पनि टीका नहुँदा झन सुनसान भएको उनको भनाई छ ।

फाँटमा लहलह थान झुलेको छ । दशैसंगै किसानलाई धान थन्काउने चटारो पनि उत्तिकै । तर, गाउँ उजाडिदै गएको अनुभव छ, मीना सुवेदीको । भन्छिन, ‘चाडपर्वमा आत्मियता हुनुपर्छ । आजभोली आत्मियता छैन् । मानवता हराउँदै गएपछि चार्डपर्व पनि बाध्यताले मनाउनुपर्ने रैछ ।’ जिम्मेवारीले थिच्दै गएपछि चार्डपर्व पनि बाध्यतामा ढल्किदै गएको उनी बताउँछिन् ।

यहाँका अधिकांश युवापुस्ता वैदेशिक रोजगारमा छन् । सरकारी सेवामा कार्यरत पनि घर फर्किन पाएनन् । गाउँ फर्किएकाको संख्या भने गन्य मात्र थियो । दशैको अघिल्लो दिन घर फर्किएका तिनीहरु दशैका दिन फर्किन हतारिए । कोही ससुराली त कोही माइती, मावली पुगेर दैनिकीमा फर्किने हतारोमा थिए । कंक्रिटले बनेका घरमा माटो देख्न पाइदैन् । ढुँगा, माटोले बनेका घरमा पनि सिमेन्ट लगाउँन थालेपछि माटोको चलन हराउँदै गएको स्थानीय बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *