दशैसँगै भित्रियो महँगी

Share this post :

Facebook
Twitter
WhatsApp

चिनीको मूल्य अहिले बजारमा प्रतिकिलो एक सय १० देखी एक सय २० रुपैयाँ पर्छ । यस्तै कागतीको मूल्य एक पाउलाई ८० रुपैयाँ छ । यसैगरी, सागको मुठ्ठा १०० रुपैयाँ, काउली दुई सय रुपैयाँ प्रतिकलो, घिरौला १०० रुपैयाँ किलो छ भने, सिमितको मूल्य ४० रुपैयाँ पाउ छ । तोरीको कोसेली तेल प्रतिलिटर ३ सय ३० रुपैया“ । दुई हातमा तरकारी लगायतका सामान लिएर आउँदै गरेकी पोखरा महानगर–८ की मिठु परियार भन्छिन, ‘दशै आयो भनेर रमाउनु के छ र ? महङगी पनि आएको छ नी ।’
पछिल्लोसमय बजारमा उपभोक्ता सामानको मूल्य छोइनसक्नु हुदाँ दशैसँगै मूल्य झन् बढेको छ । परियार भन्छिन, ‘सामान छोइसक्नु छैन । पसलैपिच्छे व्यापारीको मनपरी मूल्य ।’ दशैसँगै महङगी पनि भित्रिएको आभाष यतिबेला उपभोक्तालाई छ । १६५० मा पाइने दिपम चामलको बोरालाई अहिले २२ सय सय रुपैयाँ मूल्य पर्छ । यस्तै, ग्याँसको मूल्य १८ सय ५० नै कायम छ भने, डिजेल र पेट्रोलको मूल्य पनि उस्तै महंगो । बजारमा अहिले गोलभेडाको मूल्य प्रतिकिलो एक सय ४० छ भने, सेतो आलु प्रतिकिलो ६० रुपैयाँ । ‘मूल्य पनि के सारो बढेको’ पोखरा–१७ की रेखा कार्की भन्छिन, ‘भान्सा समाल्नेलाई निकै समस्या छ । एक दिन किनेको तरकारीले दुई छाप पुग्दैन । मूल्य हेर्दा धेरै किन्न नसकिने । ५ सय रुपैयाँ खर्चिदा मिठो गरी दुई छाक तरकारी पुग्दैन ।’ उनले यस्तरी मूल्य बढ्दा सरोकारवाला निकाय पनि मौन हुने बताइन् ।
उनी भन्छिन, ‘दशै आउन भन्दा नआएकै जाती ।’ उनलाई मिठु र रेखालाई जस्तो महंगीको पीर सोही ठाउँकी माया पोखरेललाई पनि छ । बजारमा किनमेल गर्नेको भीड उस्तै छ । बजार घर फर्किनेको पनि ताँती लागेको छ । किनमेलकै लागि बजार आउने पनि उत्तिकै छन् । स्कुल, कलेज विदा भएपछि केटोकटी वावु आमा लिएर किनमेल गर्दै घर फर्किन लागेका छन भने सरकारी कार्यालय पनि विदा भएकाले कर्मचारीको पनि किनमेल गर्ने समय अहिले नै मिलेको हो । घरमा आम्दानी हुने परिवारलाई दशैमा किनमेल गरिए पनि गरिबको घरमा पनि समस्या नै छ । छोराछोरीलाई के खुवाउँ, के किनिदिउ ? अनियन्त्रितरुपमा बढेको महंगीले यतिबेला गरिबीको रेखामुनी रहेको परिवारलाई आहत बनाएको छ । कोरोना महामारीसँगै घर फर्किनेको उ्रत्साह बढे पनि आकासिएको बजार भाउले निराशा छाएको छ । दशैको समय घर फर्किनेको संख्या पनि गत वर्षको तुलनामा तीन गुण बढेको छ । पोखरा पृथ्वी राजमार्ग समितिका अनुसार गतवर्ष दशैमा घर फर्किने जम्मा २५ हजार थिए । समितिका अनुसार चार दिनदेखी घर फर्किनेको संख्या ह्रवात्तै बढेको हो ।
समितिका अध्यक्ष योगेन्द्र केसीका अनुसार प्रत्येक दिन ६ सय वटा गाडी पोखराका विभिन्न ठाउँबाट गन्तव्यका लागि छुटेका छन् । गतवर्ष २५ हजारले पोखरा छाडेका थिए भने यसवर्ष ७५ हजारले पोखरा छाड्ने अनुमान समितिको छ । यसो त, महामारीले थलिएका यातायात व्यवसायीलाई पनि दशैले राहात मिलेको अध्यक्ष केसी बताउँछन् । यस्तै, गतवर्षको तुलनामा भेडाँ च्याङग्राको पनि मूल्य बढेको छ । उत्पादन कम र मुस्ताङमा नै खपत बढी हुने भएपछि मूल्य पनि ह्रवात्तै बढेको व्यवसायी बताउँछन् । उपभोक्ता मंच गण्डकी प्रदेशका अध्यक्ष कपिलदेव कोइरालाले भेडा, च्याङग्रा र खशीको मूल्य बुझेर मात्र खरिद गर्न अनुरोध गरेका छन् । उनले खशी, च्यांग्राको मूल्य बृद्धि हुनुमा दैनिक उपभोगीय सामानको मूल्य बढ्नु पनि रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *