दसैं बिदापछि पहिलो दिनैमै नेप्से ३१.४८ अंकले बढ्यो

Share this post :

Facebook
Twitter
WhatsApp

दसैंपछिको पहिलो दिनमै सेयर कारोबार मापक नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ । नेप्से १ दशमलव १७ प्रतिशतले बढेर २६९९.६६ विन्दुमा बन्द भएको छ ।

कुल २०५ कम्पनीको सेयर मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको मूल्य स्थिर रह्यो । आज ६४ लाख १७ हजार २६७ कित्ता सेयर किनबेच भए । कुल ३५ हजार ६४८ पटकको सेयर किनबेचबाट ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन मात्रै घट्यो । उत्पादन तथा प्रशोधन १५.६४ अंकले घट्यो । फाइनान्स १४९.६१, जिवन बिमा १३०.३८ अंक र निर्जिवन बिमा ६६.३४ अंकले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *