नेपाीकाचाडपर्व नजिकिदै गएपछि सशस्त्र प्रहरीले नाकामा २९ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । दसैलाई सुरक्षा दिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार २९ हजार एक सय ५४ सशस्त्र प्रहरी कर्मचारी सुरक्षा योजनाअन्तर्गत परिचालित भएका छन् । यस्तै तत्कालै खटाउन सक्ने गरी करिब तीन हजार सशस्त्र प्रहरी कर्मचारी रिजर्व फोर्सका रूपमा तयारी अवस्थामा राखिएको छ । यसपालीको चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजनाअन्तर्गत आजैदेखि सशस्त्र प्रहरी परिचालित भएका छन् ।
Post Views: 39