दुर्घटनामा किशोरीको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–१४ चाउथेस्थित भएको स्कुटर दुर्घटनामा किशोरीको ज्यान गएको छ । बुधबार दिउँसो २ बजे चाउथेस्थित पोखरा अन्तराष्ट्रिय विमानस्थल अगाडी पोखराबाट काठमाण्डौतर्फ जादै गरेको बा १ प १३३८ नं। को बस र सोही दिशा तर्फ जादै गरेको ग २४ प ३२९५ नं. को स्कुटर ठक्कर खाँदा स्कुटर एक आपसमा ठोकिदा स्कुटरको पछाडी सवार सोही ठाउँकी १९ वर्षिया खुशी प्रधानको ज्यान गएको हो ।

दुर्घटनामा घाइते प्रधानलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएको थियो । उपचारको क्रममा चिकित्सकले मृत्त घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए । प्रहरीले स्कुटर चालक पोखरा–७ सिमलचौर बस्ने बर्ष २१ की दिपिका गुरुङ र बस चालक सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–१३ का बर्ष ३९ को विष्णु श्रेष्ठलाई पक्राउ गरेको छ भने, बस र स्कुटरलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *