दुर्घटनामा युवाकाे मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

अाज विहान पोखरा महानगर-२६ विजयपुर स्थितमा चाउथेबाट विजयपुरतर्फ आउदै गरेको ग २२ प ००७ नं. को स्कुटरले पैदलयात्री पाेखरा-१३ मियाँपाटन बस्ने बर्ष ३२ की टेक माया घर्तीलाई ठक्कर दिई उक्त स्कुटर विपरित दिशाबाट आउदै गरेको पोखरा-१५ रामबजारस्थित गोल्डेन फ्युचर बोडिङ स्कुलको ग १ क ९९६ नं.को स्कुल बसमा ठक्कर खाँदा स्कुटर चालक तनंहु घर भई हाल पाेखरा-१४ चाउथे बस्ने बर्ष अन्दाजी १९ को किस्मत वाग्लेकाे मृत्यु भएकाे छ । घाईते वाग्लेकाे उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल ल्याई चेक जाँच गर्ने क्रममा डाक्टरले मृत्यु घोषण गरेका हुन् । बस ,स्कुटर र बस चालक प्रहरीको नियन्त्रणमा रहेकाे छ । पैदलयात्रीको लेखनाथ सिटी अस्पताल शिशुवामा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *