नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट दाेस्राेपटक पार्टी सभापति पदमा अत्यधिक मतका साथ शेरबहादुर देउवा निर्वाचित भएका छन् । दाेस्राे चरणाकाे मतदानमा प्रतिद्वन्द्वी डा शेखर काेईरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी विजयी भएका हुन् ।
साेमबार भएकाे मतदानमा कसैले पनि ५० प्रतिशत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः मतदान भएकाे थियाे । जसमा काँग्रेस नेतृत्व चयन भएकाे छ । ४ हजार ६ सय २३ मत खसेकाेमा वाहालवाला प्रधानमन्त्री समेत रहेका शेरबहादुरले २ हजार ७ सय ३३ मत ल्याएकाछन् भने, कोइरालाले १ हजमर ८ सय ५५ मत प्राप्त गरेका छन् । ३५ मत भने बदर भएकाे थियाे ।
म्गलबार दिउँसो साढे ३ बजेदेखि राति साढे ९ बजेसम्म मतदान भएको थियो । राति सवा ११ बजे सुरु भएको मतगणना बुधबार बिहान करिब साढे २ बजे सकिएको थियो ।
Post Views: 28