वैशाख-३० मा सम्पन्न स्थानीय तहकाे निर्वाचनकाे अन्तगर्त हालसम्म ५ सय ३४ पालिकाकाे नतिजा सार्वजनिक भएकाे छ । विहीवार विहान ६ बजे सम्म २ सय ४५ पालिकामा प्रमुख जित्दै काँग्रेस पहिलाे शक्तिमा अाएकाे छ ।
यसैगरी, १ सय ५४ पालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । ७ सय ५३ मध्येमाओवादी केन्द्रले १०१ स्थानमा जित हाँसिल गरेको छ । माअाेवादी तेस्राे स्थानमै कायम रहेकाे छ ।
पाँच वर्षअघि भएको स्थानीय चुनावमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा थिए । यसअघि भएको स्थानीय तह चुनाव माओवादी केन्द्र तेस्रो स्थानमा रहेको थियो । जनता समाजवादी पार्टीले १२, नेकपा एकीकृत समाजवादीले ९ र लोकतन्त्रिक समाजवादी पार्टीले १ स्थानीय तह प्रमुख जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारछले १६ स्थानीय तहको प्रमुख जितेका छन् ।
त्यसैगरी उपप्रमुखतर्फमा कांग्रेसले २२४ को स्थानीय तहको उपप्रमुख जितेको छ । त्यसैगरी एमालेले १६४, माओवादी केन्द्रले १०६, एकीकृत समाजवादीले १६ स्थानीय तहको उपप्रमुखमा जित हासिल गरेको छ । जनता समाजवादी पार्टीले १३, राप्रपा, स्वतन्त्र, राजमो, लोकतान्त्रिक समाजवादी पार्टीले पनि उपप्रमुखमा जित हासिल गरेको छ ।
सार्वजनिक नतिजामा जितपुर-सिमरा, घोराही उपमहानगरपालिकासहित नगरपालिका र गाउँपालिका रहेका छन् । अझै ६ महानगरपालिकासहित २१९ स्थानीय तहको परिणाम बाँकी छ ।