देश निर्वाचनमय भयो– दाहाल

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले देश निर्वाचनमय भएको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले देश निर्वाचनमय भएको बताएका हुन् । नजिकिदै गरेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा जुटेको बताउँदै उनले सीट बाँडफाँटमा शुक्रबार नै गठबन्धनको टुंगो लाग्ने बताए । ‘विहीवार नै टुंग्याउथ्यौ’ उनले भने, ‘कोही नेता कहाँ कोही कहाँ जानुपर्ने भएर टुंगो नलागेको हो ।’
प्रचण्डले अवका दिनमा प्रत्यक्ष निर्वाचन प्रणलीलाई नै जोड दिनुपर्ने बताएका छन् । अहिलेको शासन प्रणलीमा सांसद भएपछि सिधै मन्त्री र प्रधानमन्त्री हुने व्यवस्था भएकाले जरैदेखी भ्रष्टाचार मौलाएको बताउदै दाहालले भ्रष्टाचार न्यूनीकरणको लागि प्रत्यक्ष निर्वाचन प्रणली नै उपयुक्त हुने बताएका हुन् ।
‘प्रत्यक्ष निर्वाचन प्रणलीमा सांसद साक्षी जस्तै हुन्छन’ उनले भने, ‘जनताले सिधै चुनेर मन्त्री हुने व्यवस्था भयो भने भ्रष्टाचार कम हुन्छ । अहिलेको निर्वाचनमा धनी र पु“जीवादी बाहेक सामान्य मान्छे निर्वाचन लड्न सक्ने अवस्था छैन् ।’ उनले निर्वाचन महङगिदै गएको बताएका थिए ।
उनले शुक्रबार पोखराबाट फर्किएपछि बेलुकासम्म गठबन्धनको टुंगो लाग्ने बताएका छन् । यस्तै नागरिकता विधेयकलाई पनि दाहालले सम्बोधन गरेका थिए । वंशजको आधारमा नागरिकता पाउने ७/८ लाख जनता नागरिकाविहीन भएकाले उनीहरुको मध्यनजर गर्दै विधेयक आएको प्रतिक्रिया दिए । पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरे पनि पुनः फिर्ता गर्ने कानुनी व्यवस्था नरहेको हुदाँ राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण हुने विश्वास रहेको उनले बताए । ‘यदी प्रमाणीकरण नभए कि अदालत जान्छ कि राष्ट्रपतिले राजीनामा दिनुपर्छ’ उनले भने, ‘वैवाहिक अंकिकृतको हकमा ७ वर्ष व्यवस्था राख्नुपर्छ भनेर पहिलेवाटै माओवादीले आवाज उठाएको हो । ७ वर्ष भनेर कुरिरहदा कयौ नेपाली नागरिकताविहीन हुने हुदाँ नागरिकता विधेयक पास गर्नुपर्छ भन्ने पक्षमा माओवादी उभिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *