दोस्रो प्रयासमा काँग्रेसका तुलसी पुतलीबजारको मेयर

Share this post :

Facebook
Twitter
WhatsApp

यहाँको पुतलीबजार नगरपालिका मेयरमा साविकका प्रतिस्पर्धीबीच यसपल्ट नेपाली काँग्रेसका तुलसीराम रेग्मीले सफलता पाएका छन् । उनले अघिल्लो पटक एमालेबाट निर्वाचित सीमा क्षेत्रीलाई २ हजार ४ सय ४ मतान्तरले हराउदै आगामी ५ वर्षका लागि पुतलीबजार नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । रेग्मीले १२ हजार ४ सय ९४ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी क्षेत्रीले १० हजार ९० मत प्राप्त गरिन् ।
पुतलीबजारको उपमेयरमा कांग्रेसकै देवी अर्याल निर्वाचित भइन् । निवर्तमान उपमेयर समेत रहेका एमालेका महेश पुरीलाई ९ सय ४७ मतले पछाडि पार्दै उनले ५ वर्षको लागि उपमेयरको जिम्मेवारी समाल्ने भएकी छन् । अर्यालले ११ हजार ७ सय ४८ मत ल्याउदा पुरीले १० हजार ७ सय ६१ मत प्राप्त गरे । नगरपालिकामा कांग्रेसलाई माओवादी केन्द्रले साथ दिएको थियो । अघिल्लो निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको थियो ।
यस्तै, पुतलीबजारका १४ वटा वडामा पनि कांग्रेसको बहुमत रहेको छ । पुतलीबजार १ मा कांग्रेसका उत्तम श्रेष्ठ विजयी भएका छन् भने, २ मा एमालेका भीमबहादुर गुरुङ, ३ मा कांग्रेसका राजेन्द्रप्रसाद श्रेष्ठ, ४ मा कांग्रेसका शिव थापा, ५ मा कांग्रेसका अर्जुनकुमार कार्की, ६ मा एमालेका खेमबहादुर गुरुङ, ७ मा कांग्रेसका कृष्णबहादुर आले, ८ मा कांग्रेसका रमबहादुर सेन, ९ मा एमालेका दुतप्रसाद गुरुङ, १० मा कांग्रेसका अग्निप्रसाद पौडेल, ११ मा कांग्रेसका मनोज पौडेल, १२ मा एमालेका गन्जसिंह गुरुङ, १३ मा एमालेका जुद्धबहादुर थापा मगर र १४ मा कांग्रेसका जितेन्द्रप्रकाश मल्ल निर्वाचित भएको निर्वाचन सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *