‘मानेमान नमाने गोपालमान’ स्याङ्जाको राजनीतिमा बढी बोलिने शव्द हो यो । स्याङ्जाको राजनीतिमा एक छत्र राज गरेका गोपालमान श्रेष्ठ नेपाली का“ग्रेसको केन्द्रिय उपसभापति भए । केही समय कार्यवहाक सभापति भएर काँग्रेसको नेतृत्वसमेत गरेका गोपालमानले पटकपटक मन्त्री हुने अवसर पाए । जिल्लामा उनकै दवदवा । स्याङ्जा काँग्रेसको राजनीति उनकै इशारामा चल्थ्यो । कर्मचारी सरुवा, बढुवा, राजनीति नियुक्ति, चुनावमा टिकट कसलाई दिने भन्ने विषयमा उनी निर्णयक थिए । हरेक चुनावमा उनकै कोल्टामा टिकट वितरण हुन्थ्यो ।
पार्टीभित्र फरक मत राख्ने जोकोही चुनावको टिकट पाउदैन्थे । २०४८ सालदेखी निरन्तर उम्मेदवार बनेका गोपालमान २०७० को निर्वाचनमा समानुपातिकतर्फ सांसद भए । २०४८ मा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेका श्रेष्ठ २०७४ मा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेकी पद्मा अर्यालस“ग पराजित भए । चुनावमा पराजित भए पनि उनको दबदवा उस्तै रहयो । त्यसपछि तत्कालीन पार्टी जिल्ला सभापति कमलप्रसाद पंगेनीको मृत्यु भयो । जिल्लास्तरीय नेताले पार्टीको अधिवेशन गराएर जिल्ला सभापति चुन्न चाहान्थे तर, उनले अधिवेशन गराएनन् । सचिव बुद्धिबहादुर रानालाई कार्यवहाक सभापति बनाए । त्यसपछि उनको क्रेज घट्दै गयो । पार्टीभित्र द्धन्द्ध बढ्दै गयो । उनको विरुद्धमा उठ्नेको संख्या बढ्दै गयो । पार्टीको १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उनका लाइन पराजित भए । गोपालमान इतर हालका जिल्ला पार्टी सभापति राजु थापाको दवदवा बढ्न थाल्यो । ३२ मतले जिल्ला पार्टी सभापति भएपछि गोपालमानको राजनीतिक अस्थित्व स्याङ्जामा अस्ताउँदै गयो ।
पार्टीको केन्द्रिय सभापति लड्ने चाहाना देखाएका श्रेष्ठ केन्द्रिय सदस्यमा सिमित भए । पछिल्लोसमय जिल्लाको राजनीति आफू अनुकूल नभएपछि श्रेष्ठले हालै सम्पन्न निर्वाचनमा प्रत्यक्ष चुनाव लड्ने इच्छा देखाएनन् । उनको नाम समानुपातिकको सूचीमा छ । स्याङ्जामा श्रेष्ठको उपस्थिति न्युन हुदै गएपछि शेखर कोइराला प्यानल बलियो हुदै गयो । स्थानीय तहको निर्वाचनमा पनि टिकट वितरण सफल नभएका श्रेष्ठको हालै पनि टिकट वितरणमा केही चलेन । जसका कारण पार्टी केन्द्रिय उपसभापति धनराज गुरुङको बाटो खुल्यो । पार्टीले उनलाई प्रदेश सभापतिको लागि अघि सारे पनि गुरुङ मानेनन् । कोइराला लाइनका उनी कोइराला सभापति पदमा चुनाव लड्दा उपसभापति लड्ने अवसर पाए धनराजले । चुनाव जिते । त्यसपछि स्याङ्जामा धनराज चिनिदै गए । सधै भ्रष्टाचारको विरोध गर्ने धनराज जिल्लामा त्यति चिनिएका नेता भने होइनन् । राष्ट्रिय राजनीतिमा पहिचान बनाएका भए पनि जिल्लामा भने उनी कमजोर थिए । भुगोलमा उनलाई खासै चिन्दैन्थे । केन्द्रिय राजनीतिमा उदाएका धनराज पार्टीको केन्द्रिय उपसभापति भएपछि जिल्ला पार्टीले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । निर्वाचन क्षेत्र नम्बर १ का धनराज आफ्नै क्षेत्रबाट चुनाव लड्न चाहान्थे । जिल्ला पार्टी सभापति थापा १ बाट चुनाव लड्ने आकांक्षा गरेपछि गुरुङ पार्टीको आग्रहमा क्षेत्र नम्बर २ मा उम्मेदवार भए । उनलाई दुईबाट चुनाव लड्न आग्रह राजुले नै गरेका थिए । गोपालमानको लाइनबाट पूर्व प्रदेश सांसद भागवतप्रकाश मल्ल उम्मेदवार हुने चर्चा थियो । मल्ललाई लत्याउ“दै गुरुङ उम्मेदवार बने ।
त्यहा“ पनि उनलाई चुनाव जित्न गाह्रो थियो । गोपालमान लाइनको सहयोग हुदैन की भन्ने क्रास उस्तै । संघमा दुवै क्षेत्रमा एउटै लाइन, प्रदेशमा पनि आफ्नै मान्छे उम्मेदवार बनाएपछि समस्या नभएको होइन् । बाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका गुरुङ्लाई माओवादीका भोट निर्णायक बने । अघिल्लो निर्वाचनमा गोपालमान हराउन सहयोग भएका माओवादीका भोट यसपटक धनराजलाई जिताउन सफल भए । पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्ने अवसर पाएका धनराजले पहिलोपटकमै सफलता हात पारेका छन् । तत्कालीन उपप्रधान एवं शिक्षामन्त्री गोपालान श्रेष्ठलाई हराउ“दै २०७४ मा विजयी भएकी एमालेका केन्द्रिय सचिव पद्मा अर्याललाई ५ हजार ६ सय २७ मतान्तरले हराउ“दै गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
पद्माले २५ हजार ८ सय ३९ मत ल्याउदा गुरुङले ३१ हजार ४ सय ६६ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका टीकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याएका छन् । अर्याल पूर्वमन्त्रीसमेत हुन् । गुरुङ २०६४ र २०७० मा समानुपातिकतर्फ सांसद भइसकेका छन् । गोपालमानको छायामा परेका गुरुङले यसअघि चाहेर पनि प्रत्यक्ष निर्वाचन लड्ने अवसर पाएका थिएनन् । स्याङ्जाको अर्जुनचौपारी गाउ“पालिका–२ लामडाँडामा २०२३ कातिक २२ गते जन्मिएका गुरुङले २०३६ मा नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा सुरु गरेका थिए । सोसोलोजीमा मास्र्टस गरेका गुरुङ २०४० मा नेविसंघको जिल्ला सचिव, २०४८ मा केन्द्रिय उपसभापति र २०५३ मा केन्द्रिय सभापति भएका थिए । गुरुङ २०५४ सालमा दरुण दलको केन्द्रिय महासचिव भएका थिए । उनले हालसम्म राजनीतिक लाभ भने लिएका छैनन् । २०४२÷४३ को मा पटकपटक जेल परेका गुरुङ आर्दश नेताकोरुपमा चिनिन्छन् । २०४८ मै उनी पार्टीको महाधिवेशन प्रतिनिधि पनि भएका थिए । पार्टीको १२ र १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका धनराज १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापति भएका हुन् ।
अवको यात्रा सुशासन पक्षमा कानुन निर्माणतर्फ रहनेछ– गुरुङ
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्या निर्वाचित भएका धनराज गुरुङले अवको संसदीय यात्रा फरक रहने बताएका छन् । संसदमा सांसदको भूमिका नीति निर्माणमा हुने बताउँदै उनले भने, ‘अवको मेरो मुख्य योजना भनेको भ्रष्टाचार कसरी रोक्न सकिन्छ ? त्यसमा केही कानुन अभाव छ । आवश्यक कानुन निर्माण गर्ने हो । मुख्य कुरा नेपालमा सुशासन भएको छैन् । यसको लागि अख्तियारमा दलिय भागवण्डा नियुक्ति गर्ने चलन हटाउनु छ । जुन कानुनले निश्पक्ष भएर काम गर्न सकियोस ।’ उनले दलिय नियुक्ति हटाएर अख्तियारमा पनि लोकसेवा आयोगबाटै नाम निकालेर जाने व्यवस्था गर्न आफ्नो भूमिका महत्वपूर्ण हुने बताए । ‘तवमात्र भ्रष्टाचारका ठूला काण्ड छानविन गर्न सकिन्छ’ उनले भने, ‘सुशासनमा मद्दत पुग्छ ।’ त्यसपछि विकास निर्माणमा आफ्नो जोड हुने उनले बताए । नीतिगतरुपमा कुन कानुन प्राथमिकतामा राख्दा मुलुक अघि बढ्न सक्छ ? सरकारले ध्यान दिन नसक्ने कुरामा जुन पुजी“ निर्माणमा सहयोग पुग्छ तिनै काम प्राथमिकतामा पर्नेछन् ।’
रातो पासर्पोटपछि पितृको मतादान
धनराज गुरुङलाई रातो पासर्पोट बनाएको आरोप लागेको थियो । जुन अहिले उनी उम्मेदवार हुदा बढी भाइरल भयो । भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने गुरुङलाई रातो पासर्पोटपछि अहिले पितृले मतदान गरेको पनि चर्चा छ । चापाकोट नगरपालिका अन्तर्गत ४ वटा मतदान केन्द्रमा नेपाली का“ग्रेसले बुथ कव्जा गर्दा विदेश गएका र मृत्यु भएका व्यक्तिको नाममा मतदान गरेको आरोप एमाले लगायतका दलले लगाएका थिए । सोही विषयमा सहमति नजुट्दा मतदान भएको १० दिनसम्म मतगणना हुन सकेन् । जसको असर गुरुङलाई परेको छ । अहिले देशमै स्याङ्जामा पितृको भोटले चुनाव जितेका भनेर गुरुङकै नाम लिइन्छ । चापाकोट–३ को मतगणना सकिदा रोचक के भयो भने, प्रतिनिधिसभामा काँग्रेसका उम्मेदवार धनराजले १ हजार ४ सय २६ मत पाउँदा प्रदेशसभातर्फ पनि सो वडाबाट काँग्रेसका उम्मेदवार महेश भट्टराईले १ हजार ४ सय २६ मत नै पाए । एमालेकी पदमा अर्यालले १ सय ३ मत पाउँदा प्रदेशसभातर्फ एमालेका बुद्धिमान श्रेष्ठले पदमाकै बराबरी मत पाएका थिए । यो वडामा काँग्रेसका उम्मेदवार एमाले उम्मेदवारभन्दा १ हजार ३ सय २३ मतले अगाडि रहे । एमाले लगायतका दलले पुनः मतदानको माग गरेको भए पनि निर्वाचन आयोगले पुनः मतदान नगरि मतगणना गर्न निर्देशन दिएको थियो ।
‘अन्यन्तै सहन नसकिने आरोप लगाइएको छ’ गुरुङ भन्छन, ‘मर्दै नमरेको व्यक्तिको नामसमेत मरेको भनेर प्रचार गरियो । सरासर झुटको खेती गरियो । मेरो मुख्य प्रतिस्पर्धी जो हुनुहुन्छ (पदमा अर्याल) उहाँले चापाकोटको मत नगन्दै जितेर देखाउन भीडियोमार्फत चुनौति दिनुभएको थियो मैले चापाकोट नगन्दै २ हजार भन्दा बढी मत ल्याएर जितिसकेको थिए ।’ राजनीतिमा हार्दिकता नभई तल्लोस्तरबाट टिकाटिप्पणी भएको उनले बताए । ‘देशभरी नकरात्मक सन्देश फैलाउने काम भयो’ उनले थपे, ‘त्यस्ता व्यक्तिसँग म केही बोल्दीन जनताले आफै ठेगान लगाइदिए ।’ अर्याल मन्त्री हुदा गरेका भ्रष्टाचारका काण्डबारे पनि आफूले चुनावी कुनै पनि सभामा नबोलेको उनले बताएका छन् ।
