धम्पुस–लाचोक सडक कालोपत्र गर्न ठेक्का

Share this post :

Facebook
Twitter
WhatsApp

कास्कीको माछापुुच्छ्रे गाउँपालिकास्थित धम्पुुस–ल्वाङ–लाहाचोक सडक कालोपत्र गर्न यसै वर्ष ठेक्का लगाउने तयारी भएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले मध्य पहाडी लोकमार्गको हेम्जा फेदीदेखि धम्पुुस–ल्वाङ हँुुदै माछापुुच्छ्रे गाउँपालिकाको केन्द्र लाहाचोक जोड्ने १९ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न लागिएको जानकारी दिए ।
भौतिक मन्त्रालयअन्र्तगतको आरसीआइपी परियोजनामार्फत यसैवर्ष ६१ करोड बराबरको ठेक्का लगाइने उनले बताए । आयोजना कार्यान्वयनमा स्थानीय समुुदाय र जनप्रतिनिनिबाट सहयोग तथा सहजिकरणको वातावरण हुनुपर्ने उनले बताए । मन्त्री जुुग्जालीले प्रदेश सरकारले पिछडिएका र दुुर्गम क्षेत्रमा गुुणस्तरीय यातायात सेवा उपलब्ध गराउन सडक र पुुल निर्माणका आयोजनालाई प्राथमिकता दिएको बताए । यसअघि घाटामा चल्दै आएका सार्वजनिक संस्थानले नाफा कमाउन थाल्नुु माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको उपलब्धी भएको उनले बताए ।
अन्नपूूर्ण गाउँपालिका–७ का वडाध्यक्ष बैकुुण्ठ भण्डारीले फेदी–धम्पुुस–ल्वाङ–लाहाचोक सडक निर्माण कार्य छिटो अघि बढाउन मन्त्री जुुग्जालीको ध्यानाकर्षण गराएका थिए । १९ किलोमिटर दुरीको यो सडक स्तरोन्नति भएमा स्थानीयबासीका साथै पर्यटकलाई सहज हुुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *