नक्कली सुन धितोमा राखी कर्जा लिई ठगी गरेका युवा पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

विभिन्न मितिमा नक्कली सुनका गरगहना धितोमा राखी कर्जा लिएको आरोपमा कास्की प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका–३ घर भई हाल पोखरा महानगरपालिका–१८ सराङकोट बस्दै आएका २५ वर्षिय अभिषेक सुनार रहेका छन् ।
सुनारलाई कास्कीबाट खटिएको प्रहरीको टोलीले कुश्मा घरबाट नै पक्राउ गरि आज नै जिल्ला अदालत कास्कीमा पेश गराएको जनाएको छ । प्रहरीका अनुसार ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी शिर्षकमा मुद्दा दर्ता गरि ५ दिनको म्याद थप गरिएको छ ।
सुनारले पोखरा–१७ विरोटामा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट १६ लाख ६० हजार र पोखरा–८ पृथ्वीचोकस्थित सोही बैंकको अर्को शाखाबाट ७ लाख ४५ हजार गरी २४ लाख ५ हजार रुपैयाँ कर्जा लिएका थिए । लामो समयसम्म कर्जाको व्याज तथा साँवा बुझाउन नआएपछि बैंकले खोजी गरेको थियो । धितोमा राखेको गरगहना चेक गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको गरगहना रहेको खुल्न आएपछि बैंकले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले अनुसन्धानको क्रममा सुनारले धितोमा राखेका गरगहना नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीमा चेक जाँचको लागि पठाइएको र नक्कली सुन रहेको प्रमाण भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुन्दर केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *