नरैनापुरमा १२ जना शिक्षक नियुक्त

Share this post :

Facebook
Twitter
WhatsApp

बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गरिएको बताएका छन् । उनले संविधान दिवसको पूर्व सन्ध्यमा १२ जना करार शिक्षकहरुलाई नियुक्ति पत्र हस्तान्त्रण गर्दै उक्त धारणा राखे ।
अध्यक्ष शाहले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्य भूमिका हुने उल्लेख गर्दै सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानाध्यापक र शिक्षकको हातमा रहेको जिकिर गरे । उनले शिक्षण पेसालाई मर्यादित बनायो भने शैक्षिक सुधारमा उल्लेख्य प्रगति हुने बताउदै अध्यक्ष शाहले नरैनापुर गाँउपालिकामा रहेका विद्यालयको आवश्यक भौतिक पूर्वाधार तयार गर्ने योजना बनाएकोले शिक्षकलाई निष्पक्ष भएर गुणस्तरीय शिक्षा प्रदान गर्नतर्फ भूमिका निर्वाह गर्न निर्देशन दिए ।
नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले शिक्षा सेवाको क्षेत्र भएकोले सेवा सुविधा पाइन भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने बताउदै नरैनापुरको शिक्षाको गुणस्तर सुधार हुदै गएको बताउदै उनले इच्छा शक्ति भए सबै ठाउँमा शैक्षिक गुणस्तरको सुधार गर्न र विद्यार्थीलाई सक्षम बनाउन सकिने पनि जिकिर गरे ।
वडा नं. ४ का अध्यक्ष मसूद अहमद शाहले लोक सेवाको मापदण्डमा रहेर करार सेवाका लागि पालिकाले खोलेको विज्ञापनमा ६८ जनाबाट १२ जनाले नाम निकालेको बताउदै नरैनापुरको शिक्षालाई अझ उचाई पु¥याउनका लागि भूमिका निर्वाह गर्न नवनियुक्त शिक्षकहरु संग आग्रह गरे । कार्यक्रममा १२ जना विषयगत शिक्षकलाई नियुक्ति प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *