नवौं राष्ट्रिय खेलकुद फेन्सिङमा वाग्मतीलाई पहिलो स्वर्ण

Share this post :

Facebook
Twitter
WhatsApp

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत् फेन्सिङमा पहिलो स्वर्ण वाग्मती प्रदेशले जितेको छ । बाग्मतीकी शिक्षा नापितले स्वर्ण जितेकी हुन् । पोखरा रंगशालामा सोमबार उनले व्यक्तिगत सेबरतर्फको इभेन्टमा एपीएफकी उर्मिला लामालाई पराजित गरिन् । उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडीसमेत बनेकी छन् ।
नेपाल आर्मीकी रविना थापाले रजत र आर्मीकै मनीषा तेस्रो स्थानमा रहँदै कास्य पदकमा चित्त बुझाए । प्रतियोगितामा ईपी, फोयल र सेबर इभेन्टमा व्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धामा भइरहेको छ । प्रतियोगितामा दुई विभागीय सहित ६ टिम सहभागी छन् ।
नेपाली आर्मी, एपीएफसहित गण्डकी, वाग्मती प्रदेश, प्रदेश १ र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । आठौंमा गण्डकी प्रदेशले फोयल टिम इभेन्टमा महिला तथा पुरुषमा कास्य पदक जितेको थियो । ह्यान्डबल तथा फेन्सिङ प्रतियोगिताको सोमबार अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका थिए । पुरुष ह्यान्डबलको दोस्रो खेलमा विभागीय आर्मीले सहज जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा समूह ‘ए’ को आर्मीले वाग्मती प्रदेशमाथि ४३–८ को सहज जित निकालेको हो । आर्मीका लागि आकाश अधिकारीले सर्वाधिक ८ र वाग्मतीका लागि महेश पुरीले सर्वाधिक ४ गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *