नवौं राष्ट्रिय खेलकु्द प्रतियोगिताका सबै खेल गण्डकीमै गर्नुपर्ने

Share this post :

Facebook
Twitter
WhatsApp

नवौं राष्ट्रिय खेलकु्द प्रतियोगिताका सबै खेल गण्डकी प्रदेशमै गर्नुपर्ने प्रदेशबासीले माग गरेका छन् । खेलस्थल व्यबस्थापन उपसमितिले मंगलबार पोखरा रंगशालामा आयोजना गरेको छलफल कार्यक्रममा सहभागि गण्डकी प्रदेशबासीले उक्त प्रतियोगिताका ३६ वटै खेल गण्डकी प्रदेशकै हुनुपर्ने माग गरेका हुन् ।
सुटिङ, सुइमिङ लगायतका खेलको लागि प्रदेशभित्रै उपयुक्त स्थानको खोजि गर्न छलफलमा सहभागि राष्ट्रिय, अन्र्तराष्ट्रिय खेलाडी, विभिन्न खेल संघका पदाधिकारी र सरोकारवाला एवं खेलकुदकर्मीहरुले उक्त राय व्यक्त गरेको खेलस्थल व्यबस्थापन उपसमितिका सचिव एवं पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका निर्देशक कृष्णप्रसाद तिमिल्सिनाले बताए ।
खेलस्थल व्यबस्थापन उपसमिति संयोजक एंव राखेपका सदस्य राजेशकुमार गुरुङको अध्यक्षतामा मंगलबार सम्पन्नभएको छलफलमा राखेपका पूर्व सदस्य खड्कबहादुर रानाभाटले उक्त प्रतियोगिता प्रदेशबासीको इज्जत र प्रतिष्ठासंग जोडिएकोले कुनै पनि खेलको लागि अनुकुल वातावरण बनाउनुपर्नेमा जोड दिए । पोखरा रंगशाला जग्गा प्लटीङ भएसरी मनपरी ढंगले भौतिक संरचना भएको उनको गुनासो थियो । खेलकुदको भौतिक पूर्वाधार निर्माणमा जोड दिदै, पोखराको कला संस्कृति प्रदर्शनको तयारी गर्नुपर्ने, खेल स्थलहरुमा सौन्दर्यकरण लगायतका कुरामा बिषेश ध्यान दिनुपर्ने छलफलमा सुझाव आएको सचिव तिमिल्सिनाले जनाए ।
खेलस्थल व्यबस्थापन उपसमिति संयोजक गुरुङले छलफलमा उठेका कुरा र प्रदेशका विभिन्न ठाँउमा खेल मैदानहरुको अध्ययन अवलोकन गरेको आधारमा यही साउन १५ गते हुने राखेपको वोर्ड बैठकमा राख्ने बताए । आउँदो असोज २८ देखि कार्तिक ३ गतेसम्म उक्त प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ । गण्डकी प्रदेशको राजधाीि पोखरा अन्र्तगत नेपालकै ठुलो पोखरा रंगशालामा धेरै खेलहरु हुने सक्ने संयोजक गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *