नवौ राष्ट्रिय खेलकुदः हक्की प्रतियोगिता, मैदान अझै तयार भएन

Share this post :

Facebook
Twitter
WhatsApp

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजदेखी हक्की प्रतियोगिता सुरु हुदैछ । तर, मैदान भने अझै तयार भएको छैन । पुरुषतर्फको हेम्जाको गौरिशंकर खेल मैदानमा तथा महिलातर्फको गण्डकी बोर्डिङ स्कुलमा आयोजना गरिदैछ ।
पर्याप्त भौतिक व्यवस्थापन नहुँदा प्रतियोगिताहरु जति नजिकिदै छन् त्यति नै आयोजकलाई प्रतियोगिताको भौतिक व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । आजदेखि औपचारिक सुरुवात हुन लागेको हक्की प्रतियोगिताको लागि वुधबार बल्ल हेम्जाको गौरिशंकर खेल मैदानका घाँस काट्नुका साथै मैदान व्यवस्थापन गर्ने लगाएतका काम गरिएको नेपाल हक्की संघको केन्द्रिय उपाध्यक्ष हिमाल खड्काले बताएका छन् ।
राति अवेरसम्म मैदानको घाँस काटिएको र बाँकी आज विहानैबाट काटिने तथा मैदान मार्किङ लगाएतका कार्य हुने उपाध्यक्ष खड्काले बताए । हतार हतारमा व्यवस्थापन गरिएका यस्ता खालका पुर्वाधारहरुमा खेलाडीहरुलाई चोटपटकको चुनौति रहेकोे उनले गुनासो गरे ।
‘समयमा खेल मैदान व्यवस्थापनतर्फ सम्बन्धित निकायले ध्यान दिएन’ उनले भने, ‘मैदानमा अहिले भर्खर काटिएका घाँसका ठुटाहरु र ससाना ढुंगाका टुक्राहरु जताततै छन्, खेलाडीलाई कसरी खेलाउने ?’ स्थानिय निकाय, खेल व्यवस्थापक लगायत सम्बन्धित निकायविच समन्वय नभएकोले यस पटकको राष्ट्रिय प्रतियोगिता दयनिय भौतिक अवस्थामा गराउन लााग्दा दुख लागेको उनले बताए ।
उनले भौतिक पुर्वाधार पर्याप्त नहुदा हक्की प्रतियोगिता प्रदेश बाहिर लैजादा राम्रो सन्देश नजाने भएकोले चुनौतिका बावजुत पनि कास्कीमै गराउन लागेको बताए । यता राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले छोटो समयमा सवै खेलको भौतिक व्यवस्थापन गर्दै गर्दा कुनै प्रतियोगिताहरु अभाव र चुनौतिका बावजुत सञ्चालन गर्न लागिएको स्विकार गरेका छन् ।


गण्डकी प्रदेश आयोजक रहेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि केन्द्रबाट नै समयमा बजेट प्राप्त नभएकोले समयमा प्रतियागिताका लागि पुर्वाधारहरु व्यवस्थापन गर्न आयोजक चुकेको बताए । ‘प्रतियोगिताको लागि भौतिक व्यवस्थापनका लागि बजेट प्राप्त भएको छैन, मौखिक रुपमा मात्रै बजेटको कुरा भएको छ’ गुरुङले भने, ‘बजेट नभएकोले हामी यस विषयमा चुकेका छौ ।’ खेलस्थल छनौट व्यवस्थापन हतारमा भएपनि प्रतियोगिता सफल बनाउनको लागि आयोजकका विभिन्न निकाय लागि परेको उनले बताए ।
आजबाट हक्कीमा पुरुषतर्फ नौ टिम र महिलातर्फ ७ टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्धघाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गतका केहि खेलहरु भने सुरु भैसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *