आसन्न नवौं राष्ट्रिय खेलकुदको ट्रफी पोखरा आइपुगेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवातालको किनारमा राखेर ट्रफि सहितको टोलीलाई स्वागत गरेका थिए ।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका ट्रफीलाई विभिन्न मुलुकमा प्रदर्शनका लागि पु¥याउने गरिए पनि नेपालमा भने पहिलोपटक ट्रफी टुर थालिएको थियो । सरकारकै निर्देशनमा चार जना खेलाडीको टोलीले सातै प्रदेश घुमाएको मेयर आचार्यले बताए । ४० वर्षपछि गण्डकी प्रदेशमा यही असोज २८ देखि कार्तिक ३ सम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन हुदै छ ।
प्रतियोगितामा सातै प्रदेश, तीन विभाग र एनआरएनए टिमसहित १० हजार जनाले भाग लिनेछन् । तीन पटकसम्म लगातार जित हाँसिल गर्ने टिमले ट्रफि पाउनेछ । ट्रफि बाराही मन्दिर परिक्रमा गरि मन्दिरमा एकछिन राखेपछि प्रदेश प्रहरी कार्यालयको नियन्त्रणमा राख्ने गरि हस्तान्तरण गरिएको थियो ।
ट्रफी टुर कार्यदल संयोजक दीपक विष्टले खेलाडीको हौसला प्रदान गर्ने उदेश्यले सातै प्रदेश टुर गरिएको बताए । कार्यदल सदस्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, अल्ट्रा धाविका मीरा राई र महिला भलिबलकी कप्तान अरुणा शाही रहेका छन् ।