नवौ राष्ट्रिय खेलकुद : बक्सिङमा आर्मी पुलिस नै अगाडि

Share this post :

Facebook
Twitter
WhatsApp

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिवारदेखी सुरु भएको बक्सिङ खेल प्रतियोगितामा विभागीय खेलाडी (आर्मी, प्रहरी) नै अगाडि रहेका छन् । शनिवार पुरुषतर्फ ११ र महिलातर्फ १२ टोली खेलमा सहभागी भएका थिए ।
पहिलोपटक पुरुषतर्फ खेलमा गण्डकी प्रदेशका दर्शन गुरुङ र कर्णाली प्रदेशका मोहन गुरुङ भिडेका थिए । गण्डकीका गुरुङलाई हराउदै ४ नम्बर प्राप्त गरेको मोहन विजयी भएका छन् । यस्तै, गण्डकी प्रदेशका विफिन गुरुङलाई हराउदै कर्णालीकै जिवन कुमार पुन विजयी घोषित भएका छन् । उनले ५ नम्बर ल्याएका थिए । नेपाल पुलिस क्लवका शम्भुराज बंशीले र सुदुरपश्चिममा प्रदीप जाग्रीलाई हराएका छन् भने, एन आरएनका अमित थापालाई हराउदै प्रदेश नम्बर १ का आंपाम्बा शेर्पा विजयी भएका छन् । शेर्पाले ५ नम्बर प्राप्त गरेका छन् । यसैगरी कर्णालीका विरेन्द्र राउतलाई हराउदै सुदुरपश्चिमकै बलबहादुर पुन विजयी भए । एनआरएनका किशोर शर्मालाई हराउदै एपीएफका विक्रम परियार विजयी भएका थिए । गण्डकीका कुशल कुमाल नखेल्ने घोषण गरेपछि मधेश प्रदेशका दिपेन्द्रसिंह पट्टेल विजयी घोषित भएका थिए । सुपका भरत चन्दलाई हराउदै आर्मीका मनराज र कर्णालीका मनराज शाहीलाई हराउदै आर्मीका दिपेश लामा र गण्डकीका मनिष विसीलाई हराउदै बाग्मतीका विनिस राई विजयी भएका छन् ।
यस्तै महिलातर्फ १ नम्बर प्रदेशकी शिला राईलाई हराउदै नेपाल पुलिस क्लवकी रीता धरला, एपीएफकी शर्मिला तामाङलाई हराउदै आर्मी क्लवकी वर्षा श्रेष्ठ, गण्डकी प्रदेशकी रमिसा श्रेष्ठलाई हराउदै आर्मीकी आरती बोमजन विजयी भएका छन् । यस्तै, आर्मीका ललिता महर्जनलाई हराउदै गण्डकीकी सोनीया बरुवाल, प्रदेश १ की सुस्मिता श्रेष्ठलाई हराउदै नेपाल पुलिस क्लवकी दिवाना शर्मा, गण्डकीकी अस्मिता थापालाई हराउदै एपीएफकी निशा तामाङ, एपीएफकी मुगामाया पाख्रिनलाई हराउदै बाग्मतीकी हिमा राई, कर्णालीकी मनिसा खारुलाई हराउदै एपीएफकी संगीता सुनार र १ नम्बर प्रदेशकी सोममाया लिम्बुलाई हराउदै लुम्बिनी प्रदेशकी सुकसयाकुमारी कुमाल विजयी भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *