नाका खुलाउन चीन सकारात्मक छ स् वाङ यी

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले रसुवागढी र तातोपानी नाका खोल्न चीन सकारात्मक रहेको बताएका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटमा चिनियाँ विदेशमन्त्री वाङले कोरोनाको कारण नाका खोल्न समस्या भएको बताए ।
दाहालका स्वकीय सचिव रमेश मल्ले ‘भेटमा नाकाबन्दीपछि परेको समस्याको बारेमा कुरा उठाइएको बताए । ‘विदेशमन्त्री वाङले रसुवागढी र तातोपानी नाका खोल्न हामी सकारात्मक छौं भन्नुभयो,’ उनले भने, ‘कोरोनाका कारण नाका खोल्न समस्या भएको हो । अन्य नाकाहरुको विस्तारका लागि पनि सकारात्मक रहेको जानकारी गराउनु भयो ।’ भेटमा दाहालले चीनसँगको बढ्दो व्यापार असन्तुलनको विषयमा समेत चिनियाँ पक्षको ध्यानाकर्षण गराएका थिए । भेटवार्तामा दाहालसँगै विदेश विभागमा प्रमुख नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेत, स्वकीय सचिव गंगा दाहालको सहभागिता थियो ।
नागपोखरीस्थित म्यारियट होटलमा माओवादी केन्द्रको टोलीसँग विदेशमन्त्री वाङले आइतबार करिब ४५ मिनेट भेटवार्ता गरेका थिए । यसअघि वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । चिनियाँ नेता वाङ तीनदिने भ्रमण सम्पन्न गरी आइतबार नै स्वदेश फर्किने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *