नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको आरोप लगाएका छन् । केही दिनअघि भएको भेटघाटमा उनले राजनीति विषय बनाउने मोडमा रहेको उनले बताए । शुक्रबार पोखरामा पत्रकारहरूसँग भेटघाट गर्दै अध्यक्ष दाहालले यदी प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताए ।
उनले कि अदालत जाने कि त राष्ट्रपतिले राजीनामा दिनुपर्ने दुई वटा विकल्प रहेको बताएका छन् । राष्ट्रपतिसँग अब दोस्रो पटक संसद्बाट प्रमाणीकरणका लागि जाँदा प्रमाणाीकरण नगर्ने छुट नरहेको भन्दै उनले कानुनी व्यवस्था पनि नरहेको बताए । दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले संविधानअनुसार प्रमाणित गर्नुपर्ने दाहालको भनाइ थियो । राष्ट्रपतिले नागरिकता विधेयक यसपटक प्रमाणीकरण गर्नेमा आफू विश्वस्त रहेको दाहालले बताए ।
‘कसैले पनि भ्रम फैलाउन वा भ्रम पाल्न जरुरी छैन । किनभने हामीले अहिले गरेको कुरा यतिमात्रै हो कि जन्मसिद्ध नागरिक बनेका बाबुआमाका छोराछोरीहरुले वंशजको नागरिकता पाउनुपर्छ । लाखौँको संख्यामा छन्, उनीहरुलाई नागरिकताविहीन बनाउन हुँदैन । ७ वर्षे प्रावधान एमालेको पहलमा होइन, माओवादीको पहलमा वैवाहिक अंगीकृतको बारेमा प्रावधान राखिएको हो । मैले भनिसकेँ, दोस्रो पटक संविधानले कतै ठाउँ नै दिएको छैन, त्यसकारण उहाँले प्रमाणीकरण गर्नुहुन्छ ।
