चितवन-नारायणगढ मुग्लिन सडकको सिमलतालस्थित आएकाे पहिराेले दुई वटा यात्रुवाहक बस बगाएकाे छ । शुक्रबार बिहान करिव साढे तीन बजे खसेकाे पहिराेले दुई वटा यात्रुवाहक बस बगाएकाे चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् ।
यस्तै, १७ किलोमा खसेको पहिरोबाट बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हाे ।
Post Views: 71