निजगढ विमानस्थलको निर्माण कार्य सुरु

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा अन्र्तराष्ट्रिय विमानस्थल संचालनमा आएपछि नेपालमा तीन वटा अन्र्तराष्ट्रिय विमानस्थल संचालन भएका छन् । पहिलोपटक त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल संचालनमा आएको थियो । त्यसपश्चात भैरहवा अन्र्तराष्ट्रिय विमानस्थल संचालनमा आएको थियो । आइतबारदेखी पोखरा अन्र्तराष्ट्रिय विमानस्थल पनि संचालनमा आएको छ । पोखरा संचालन भएसँगै नेपालमा तीन वटा विमानस्थल संचालन भएका छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार एक समारोहबीच पोखरा विमानस्थलको उद्घाटन गरे ।
सोही क्रममा प्रधानमन्त्री दाहालले नेपालमा चौथौं विमानस्थल पनि छिट्टै बन्ने बताएका छन् । यसका लागि सरकारले गृहकार्य थालेको बताएका छन् । प्रचण्डले आइतबार तेस्रो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै चौथोमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने दावी गरे । उनने यसको लागि प्रकृया सुरु भएको बताएका हुन् । आर्थिक विकास गर्न विमानस्थल आवश्यक रहेकाले अब छिट्टै निजगढ विमानस्थल निर्माणका काम अगाडि बढ्ने उनले बताए । प्रचण्डले आफ्नो यो तेस्रो कार्याकाल आर्थिक विकास र समृद्धि, सामाजिक न्याय र सुशासनका निमित्त रहेको बताएका थिए । ‘पोखरा मेरो जन्मस्थान पनि हो । यहाँ अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै गर्दा तपाइको यो भव्य र विशाल उपस्थितिले हँसित छु’ उनले भने, ‘‘भूकम्पका कारण पनि हाम्रो विकास प्रयासमा धेरै व्यवधानहरु खडा भए । अब हामी एउटा नयाँ परिस्थितिमा छौं र यो परिस्थितिमा हामीले जनताको सेवा गर्नु छ ।’
उनले विमानस्थलको उद्घाटन समारोहले सबैलाई एकतावद्ध भएर सामाजिक न्याय सुशासन र विकासमा अघि बढ्ने प्रेरणा दिएको बताए । विमानस्थल निर्माणको प्रक्रियामा जग्गा अधिकरण गर्ने (विमानस्थल परिकल्पनाकार) शंकरराज पाठकलाई प्रचण्डले स्मरण गर्दै सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *