नेपाली काँग्रेसको भातृ संगठन (काँग्रेस विचारधारा कर्मचारीको संगठन) नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय उपाध्यक्षमा स्याङ्जाको कृष्णप्रसाद अर्यालले उम्मेदवारी दिएका छन् । हाल युनियनको केन्द्रीय सदस्यसमेत रहेका अर्यालले कर्मचारीहरुसमक्ष उम्मेदवारी घोषणा गरेका हुन् । अहिले उनी देश दौडाहको अभियानमा छन् ।
केन्द्रीय उपाध्यक्ष स्वत गण्डकी प्रदेशको अध्यक्ष हुनेछ । देशभरीका प्रतिनिधीले केन्द्रीय उपाध्यक्ष अर्थात गण्डकी प्रदेश अध्यक्षमा भोटिङ गर्न पाउने व्यवस्था छ । तीन कार्यकाल युनियनको स्याङ्जा जिल्ला अध्यक्षको भुमिका निर्वाह गरिसकेका अर्याल स्वास्थ्यकर्मी संघ जिल्ला अध्यक्ष र केन्द्रीय उपमहासचिव समेत भइसकेका छन् ।

जिल्ला नेतृत्वमा रहदा अर्यालले कर्मचारीको हकहित तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएका थिए ।
अर्याल पछिल्लोसमय सरकारी सेवा अन्तर्गत गण्डकी प्रदेशमा पदस्थापना भइ पोखरा केन्द्रित कार्यालयमा कार्यरत छन् । अर्यालले आफ्नो उमेद्वारी घोषणा गर्दै उनले प्रदेशमा देखिएका कर्मचारीसँग संवन्धीत समस्या, कर्मचारी समायोजन, वृद्धि विकास अबरोध हटाउने, केन्द्रले लिएका नीति तथा कार्यक्रम पालना गर्न सहयोग गर्ने, जनमुखी मुस्कान सहितको सेवा राष्ट्र सेवा निष्पक्षता तटस्थता र कर्मचारी एकता, सबै तहमा रहने कर्मचारी समान अनुभूति, निजामती सेवामा स्थानीय, प्रदेश र सघ एक सुत्रमा बाँध्ने उद्देश्य रहेको बताएका छन् ।
स्याङ्जा जिल्लामा रहदा स्वास्थ्यमा धुम्रपानरहित जिल्ला बनाउनदेखि खुल्ला दिसामुक्त जिल्ला बनाउने कार्य, समुदायस्तरमा जनचेतना तथा लोककल्याणकारी कार्यमा उल्लेखनीय भुमिका निर्वाह गरिसकेका अर्यालले आफू निर्वाचित हुनेमा बिश्वस्त रहेको बताए । ८ औँ केन्द्रीय महाधिवेशन फाल्गुण २१ देखि २३ गतेसम्म काठमाडौंमा हुदैँछ ।