निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ

Share this post :

Facebook
Twitter
WhatsApp

निर्वाचन आयोगले ८ अर्व ९५ करोड रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ । आयोगले माग गरेको विभिन्न शिर्षकमा बजेट कटौती गरी उक्त बजेट छुट्याएको हो । आयोगले माग गरेकोमध्ये सूचना प्रविधि, मतपत्र ढुवानी र विद्युत्तीय मतदान मेसिनलगायतका शीर्षकमा बजेट नदिएको मन्त्रालयले जनाएको छ ।
मत्रपत्र ढुवानी हवाईजहाजबाट गर्दा सेनासँग समन्वय गर्ने भएपछि बजेट निकासा नगरिएको मन्त्रालयले बताएको छ । निर्वाचन आयोगले विद्युतीय मतदानका लागि १ करोड रुपैयाँ माग गरेको थियो । आयोगले ईभीएमका लागि समेत बजेट माग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *