नीलकण्ठ घिमिरेको कविता संग्रह शान्ति कामनाको लोकार्पण

Share this post :

Facebook
Twitter
WhatsApp

स्वर्गिय नीलकण्ठ घिमिरेका कविताहरुको संग्रह शान्ति कामना शनिवार एक कार्यक्रमका विच लोकार्पण गरिएको छ ।
घिमिरेको तेश्रो स्मृति दिवशको अवसर पारेर उनले सिर्जना गरेका कविताहरुको संग्रह शान्ति कामनाको महाकाब्यकार जनार्दन शरण त्रिपाठीले लोकार्पण गरेका हुन । कविता संग्रह लोकार्पण गर्दै, त्रिपाठीले स्वर्गिय घिमिरेका रचनाहरुमा वेदान्तको प्रभाव रहेको बताए । उनले प्रकृति, परिवार, आध्यात्म र शान्ति सुःखायका बिषय कवितामा समेटिएको उल्लेख गर्दै, कृतिले घिमिरलाई अजर अमर बनाएको बताए ।
नेपाल श्री महाकाब्यका रचनाकार समेत रहेका त्रिपाठीले घिमिरे परिवारले वुवाको रचनालाई पुस्तकाकार दिएर पुण्य कार्य गरेको बताए । छन्द बचाउ एवं महाकाब्य लेखन अभियानका संयोजक महाकाब्यकार माधव वियोगीले स्वर्गिय घिमिरेको कविता संग्रहको चर्चा गर्दै, आदर्श जीवन, वहुजन हिताय, वहुजन सुखायकोको भावना घिमिरेमा रहेको उनको कविताले पुष्टि गरेको बताए । उनले पिताको स्मृतीमा श्राद्ध भन्दापनि चिरपर्यन्त स्मरण हुने कार्य गर्न छोराहरुलाई सुझाव दिए ।
कविता संग्रहमाथि सक्षिा गर्दै, साहित्यकार ड जगन्नाथ रेग्मीले लेखक भागवत प्रेमी भक्तिरसमा डुवेर कविताहरुको सिर्जना गरेको बताए । साहित्यकार रेग्मीले स्वर्गिय घिमिरे सिद्धहस्त कवि नभएपनि देशभक्त, पितृभक्त, देवाधी भक्तभावमा डुवेर कविता लेखन गरेको बताए । ४३ वटा कविताको संग्रह गरिएको पुस्तकमा दुईसय ८४ पद्य श्लोक समेटिएको उल्लेख गर्दै, रेग्मीले बृद्धा अवस्थामा पनि घिमिरेको शब्दशिल्पी मिलेको उल्लेख गरे ।
माधव वियोगी बाङमय प्रतिष्ठानले आयोजना गरेको लोकार्पण कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, समाजसेवी शोभाखर घिमिरे, डा सोमनाथ सापकोटा, घिमिरेका छोराहरु मदन मुरारी घिमिरे, रेवतीरमण घिमिरे लगायतले स्वर्गिय घिमिरेको जीवनीको चर्चा गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य एवं कवियत्री छन्दिका त्रिपाठी, कवि शिवप्रसाद त्रिपाठी, कवि नारायण बराल घिमिरेकी नातिनी श्रेयाश्री घिमिरे लगायतले कविता वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *