नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी छन् । सोमबार विहान गुरुङलाई अध्यक्ष सर्वसवम्मत रुपमा चयन गरेको हो । शनिवारदेखी पोखरामा जारी अधिवेशनले २८ सदस्य पछि थप्ने गरी २२९ सदस्यीय कमिटि चयन गरिएको माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिए ।


अध्यक्ष पदका लागि आकांक्षी बढी नै देखिए पछि प्रदेश सदस्य निर्वाचित गर्दै पहिलो वैठकमा गुरुङलाई अध्यक्ष प्रस्ताव गरि निर्वाचित गरिएको उनले बताए । प्रदेश कमिटि उपाध्यक्ष, सचिव सहितका ८ पदाधिकारी आगामी वैठकमा सल्लाह गरेर निर्वाचित सदस्यबाट चयन गरिने बताइएको छ । प्रथम प्रदेश अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका पालिकाबाट ६ सय, मनोनित ६०, आयोजक ९६, जेष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार गरी ८ सय ४६ जना प्रतिनिधि सहभागी थिए ।


अध्यक्षमा निर्वाचित गुरुङले पार्टी र प्रदेशको आवश्यकतालाई मध्यनजर गर्दै पार्टीको उचाई बढाउने बताइन् । उनले सवैलाई मिलाएर लैजाने र माओवादी पार्टीलाई नमुना बनाउने उद्घोष गरिन् । तीनदेखी चलेको अधिवेशनमा एक गैरभौगोलिक शाखा सहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउ“पालिका सवै पालिका अधिवेशन सम्पन्न भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *