नेकपा माओवादी केन्द्र गल्याङको नगर सम्मेलन शनिबार सम्पन्न भएको छ । गल्याङ बजार स्थित नेवा समाजको हलमा भएको सम्मेलनले लोकेन्द्र थापा मगर अध्यक्ष रहने गरि ६५ सदस्यीय नगर कमिटि गठन गरेको छ ।
निर्वाचन समितिका संयोजक केपी लामिछानेका अनुसार मंसिर १७ गतेको बैठकले उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष लगाएत अन्य पधाधीकारीको टुङ्गो लगाउने छ ।
यस्तै १७ गतेको नगर कमिटिको वैठकले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ ।
आउँदो मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ । सम्मेलनमा नेकपा माओवादी केन्द्र स्याङ्जाका संयोजक प्रकाश न्यौपाने किरणले अबको निर्वाचनमा माओवादी ६४ सालकै अवस्थामा फर्कने दावी गरे ।
उनले ६४ मा माओवादी प्रति जनताको आकर्षण थमिनसक्नु भएको भन्दै अहिलेको अवस्थामा समेत माओवादी प्रति जनताको आशा भरोसा र विश्वास वढ्दै गएको बताए ।
संयोजक किरणले राष्ट्रपती, प्रदेश प्रमुख, पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष माओवादीकै परिकल्पना भएपनि आमा नक्कली भएकाले जनताले सास्ती भोग्नुपरेको बताए ।
उनले प्रदेश, जिल्ला, पालिका र वडामा हुने भ्रष्टचारको माओवादी पार्टीले भण्डाफोर गर्ने भन्दै यसो गरेमा ठुला भनिएका दलहरुको समर्थन आधा घट्ने दावी गरे ।
गण्डकी प्रदेशका भू–संरक्षण, वातावरण तथा बन मन्त्री दिपक चर्तिमगरका स्वकीय सचिब समेत रहेका नवनिर्वाचित अध्यक्ष थापाले माओवादीले जनयुद्ध नलडेको भए महिला, गरिब, दलित, मुस्लिम, अल्पसंख्यक समुदायले अधिकार नपाउने बताए ।
उनले माओवादी पार्टीको त्याग र बलिदानीका खातिर करोडौँ जनताले मुक्तिको स्वास फेर्न पाएको दाबी गरे । वाइसीएल नेपाल गल्याङ कमिटिका संयोजक तिलचन भुसालले माओवादी र जनताप्रति कसैले प्रहार गर्न खोज्छ भने आफुहरुले ईट्टाको जवाफ पत्थरले दिने बताए ।
उनले जनतालाई दुख दिने अप्रगतिशिल तत्वहरु विरुद्ध वासीएल जागिसकेको भन्दै होसियार रहन सुझाव दिए ।
प्रेस सेन्टर स्याङ्जा अध्यक्ष नारायण विश्वकर्माले विश्वमा भएका ठुलाठुला परिवर्तन युद्ध र रत्तपातबाटै आएको बताए ।
उनले धोम्स भए मात्र नविन निर्माण हुने भन्दै नेपाल एकिकरणका सन्दर्भमा पनि जनयुद्धमा भन्दा ठुलो रत्तपात भएको बताए ।
विश्वकर्माले सबैखाले भ्रष्टचार, अन्याय, अत्याचार, विभेद र वेथिति विरुद्ध अव क्रान्तिकारी पत्रकारहरुले कडा रुपमा कलम चलाउने बताए ।
