नेताका नामका खोलिएका ट्रस्टमा ब्रह्मलुट भएको छ– गुरुङ

Share this post :

Facebook
Twitter
WhatsApp

नेताका नाममा खोलिएका र फाउन्डेसनका नाममा राज्यकोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको बताएका छन् । काँग्रेस उपसभापति धनराज गुरुङले फेसबुकमा स्टाटस राख्दै यस्तो कार्य सरसर्ती भ्रष्टाचार रहेको बताए ।
उनले ट्रष्टमा बजेट लगानी गर्ने जस्ता कार्य तत्काल हटाउनुपर्ने बताएका छन् । श्रीलंकामा भएको घटनासँग जोड्दै गुरुङले आफूले यस विषयमा पहिलेदेखी नै विरोध गर्दै आएको बताए । पार्टी सभापति सुशील कोइरालाकै पालामा पार्टी केन्द्रीय समितिको वैठकमा नै नेताको नाममा खोलिएका ट्रष्ट र फाउन्डेसनमा राज्य कोषबाट बजेट राख्ने र लुट्ने काम भएको हुदाँ यसलाई रोक्नुपर्छ बताउँदै उनले यसरी रोक्न नसकिए भ्रष्टाचार मौलाउदै जाने बताए । उनका अनुसार त्यसयता यस्तो खालको प्रवृति बढ्दै आएको उनको दावी छ ।
गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र शिक्षामन्त्ती मेखलाल श्रेष्ठले बावु आमाको नाममा स्थापित ट्रष्टमा करोडौ बजेट राखेपछि अहिले आलोचना खेपिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *