नेकपा माओवादीका स्थायी कमिटी सदस्य बर्षमान पुनलाई उपचारकाे लागि बैकंक लगिने भएकाे छ । जण्डिसका कारण दुई दिनदेखि राजधानीकाे सुमेरू अस्पतालमा उपचाररत उनलाई बुधबार विहान बैकंक लगिन लागेकाे स्राेतले बताएकाे छ ।
पुनको पारिवारिक स्रोतका अनुसार जन्डिसको समस्या बढेपछि बैंकक लैजाने निर्णय भएको हो । उनको यसअघि पनि बैंककमा उपचार गरिएको थियो । सांसदसमेत रहेका पुन लामो समयदेखि जन्डिसबाट पीडित रहेको र त्यसको उपचारका लागि उनलाई बैंकक लान लागिएको हो । पुनलाई २०७२ सालमा पनि बैंककमा उपचार गरिएको थियो ।
Post Views: 33