नेतृत्व तहमा पुग्न अझै सकेनन् युवा

Share this post :

Facebook
Twitter
WhatsApp

अवको नेतृत्व युवाको यो भाषणमा धेरै सुनिने शव्द हो । पछिल्लोसमय युवापुस्ताले यस्ता शव्द बढी प्रयोग गर्छन् । सिनियर अर्थात बुढालाई सम्मान गदैृ नेतृत्वमा युवा जानुपर्छ भनेर पछिल्लोसमय बहस चले पनि युवा अझै पनि नेतृत्व तहमा पुग्न सकेका छैनन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि देशभर भएको उम्मेदवारी दर्ताको अवस्था हेर्दा पनि युवा न्युन छन् । पार्टीको तर्फवाट त युवा उम्मेदवार देख्न सकिदैन । कतिपय हार्ने स्थानमा मात्र युवाले टिकट पाएका छन् । नत्र भने अधिकाशं युवा उम्मेदवारी दिएकाहरु स्वतन्त्र हुन् ।
युवा भनेर प्रचारप्रसार गरिए पनि ५० कटेका र त्यसको आसपासमा मात्र छन् । विशेषतः युवा उमेर समूह १८ देखी ३८ वर्षसम्म मानिन्छ । तर, नेपालको परिसरमा ६० वर्ष कटेका बृद्धबृद्धालाई पनि युवा भन्ने प्रचलन बढी छ । गण्डकी प्रदेशमा युवा भन्दा दलले पाका अर्थात पुराना अनुहार नै उम्मेदवार बनाएका छन् । पोखरा महानगर–१७ का भीमप्रसाद पराजुलीले युवा नेता भनेर प्रचारप्रसार गरिए पनि उनीहरु ५० वर्षकै सेरोफेरोमा रहेको बताए । अहिले सवै पार्टीभित्र युवाको लडाई भए पनि टिकट प्राप्तीमा युवा सफल हुन नसकेको तर्क उनको छ । जहिल्यै गुटको भेला गर्ने काँग्रेसमा यसपटक युवा पंक्तिको पोखरामा छुट्टै भेला भएको बताउँदै उनले युवाको भेलाले पनि काँग्रेसमा केही असर नपरेको बताए । ‘युवा पुस्तालाई विश्वास गर्न अझै दुई दशक लाग्छ’ उनले भने ।
उनले युवाको आवश्यक भए पनि यर्थाथमा फेरिन अझै समय लाग्ने बताएका छन् । मुस्ताङमा प्रतिनिधिसभाको लागि गठबन्धनबाट काँग्रेसका २८ वर्षिय योगेश गौचन उम्मेदवार बनेका छन् । प्रदेश नम्बर २ मा काँग्रेसका ३९ वर्षिय विकल शेरचन उम्मेदवार छन् भने, प्रदेश १ मा ३३ वर्षिय नमजुङ गुरुङ पनि काँग्रेसबाटै उम्मेदवार छन् । म्याग्दीको प्रदेश १ मा माओवादीका ३९ वर्षिय हरि भण्डारी उम्मेदवार रहेका छन् भने, २ मा ३९ वर्षकै रमेश जुग्जाली रहेका छन् । बाग्लुङमा १ को (२) मा काँग्रेसका ३९ वर्षिय डिल्लीराम सुवेदी, १ को (१) मा स्वतन्त्र उम्मेदवार ३३ वर्षिय दिपेन्द्र हमाल, १ को (२) मा राप्रपाका ३७ वर्षिय गोविन्द्र सापकोटा रहेका छन् । लमजुङमा संघतर्फ आमूल परिवर्तन मसिहा पार्टीवाट ३९ वर्षिय नन्दजंग गुरुङ र स्वतन्त्र उम्मेदवार २८ वर्षिय चन्दन बस्याल रहेका छन् । प्रदेश २ मा ३९ वर्षिय युवराज दुरा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका छ्न भने हाम्रो नेपाली पार्टीवाट ३० वर्षका विमल घिमिरे रहेका छन् । मनाङमा ३९ वर्षका २ जना छन् । मुखिया गुरुङ संघमा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रदेश १ मा एमालेवाट राजनबहादुर गुरुङ रहेका छन् । यी केही उदाहरण हुन् ।
यस्तै कास्कीमा १ मा ६ जना, २ मा ७ र ३ मा ६ जना नै रहेका छन् । यस्तै, १ को (१) मा २, १ को (२) मा १, २ को (१) मा ६, २ को (२) मा ४, ३ को (१) मा २ र ३ को (२) मा १ जना युवा रहेका छन् । यी सवै साना दलका उम्मेदवार हुन् । चुनाव नजित्ने अवस्था रहेका ठाउ“मा मात्र युवालाई टिकट दिएको आरोप युवाको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीवाट स्याङ्जा प्रतिनिधिसभा १ मा ३३ वर्षिय बोधराज रेग्मी सहित ७ जना उम्मेदवार छन् । ठूला दलले पुरानै अनुहार दोहो¥याउदा युवा समेटिएनन् । गोरखा क्षेत्र नम्बर २ मा एमालेका २८ वर्षिय अव्दुल मियाँसहित ८ जना रहेका छन् भने पुर्वी नवलपरासीमा जम्मा ११ जना रहेका छन् । पर्वतमा माओवादीका सुदीप कुँवर लगायत ६ र तनहुँमा ५ जना ४० वर्ष नकटेका उम्मेदवार छन् । यस्तै, गण्डकी प्रदेशमा पुरानै सांसद उम्मेदवार छन् ।
गण्डकीमा प्रदेशसभाको प्रत्यक्षतर्फ ३६ निर्वाचन क्षेत्र छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा २४ जना सामानुपातिकबाट निर्वाचित हुन्छन् । आसन्न निर्वाचनमा गण्डकीबाट पुरानै सांसद पुनः उम्मेदवार बनेका छन् । प्रदेश र संघ गरी २१ पूर्वसांसद फेरि उम्मेदवार बनेका हुन् । प्रतिनिधिसभातर्फ ११ र प्रदेशसभातर्फ १० उम्मेदवार दोहोरिएका छन् । पोखराकी मनमाया रानाभाट पनि युवालाई पत्याउन अझै समय लाग्ने बताइन् । उनले अहिले युवाको वहस चल्दैमा तत्काल नेतृत्व तहमा पुग्छन् भन्ने भ्रम मात्रे रहेको बताउँदै यसरी अभियान सुरु गर्दै गएपछि ढिलो चाडोँ एकपटक पालो आउने बताइन् । उनका अनुसार अभियान आफैमा अभियान मात्र होइन परिवर्तनको सम्वाहक पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *