स्याङ्जा, गुल्मी र पाल्पाको सीमानामा तीन मुखे झोलुङ्गेपुल निर्माण गरिएपछि सर्वसाधारणका लागि आउजाउमा सहज भएको छ ।
पुल अभावका कारण पठनपाठनबाट बञ्चित बालबालिकाले अव सहजै विद्यालय जाउआउ गर्न पाएका छन् ।
कृषकलाई पनि यस पुलले बजार पुर्याउन सहज पुयाएको छ ।
२०७९ असाेजमा सम्पन्न भई संचालनमा आएकाे उक्त तीन मुखे पुलकाे २०७१ असारमा निर्माण सुरू गरिएकाे थियाे । पुलकाे कुल लागत १० कराेड रहेकाे छ ।
पूर्वाधार विकास विभाग (डाेली)काे प्रत्यक्ष निगरानीमा उक्त पुल बनाईएकाे हाे । बीच भागबाट एकतर्फ (जस्तै स्याङ्जा) मा १ सय ७७ गरि गुल्मी र पाल्ला तीनतिर गरि ५ सय ३१ मिटर लामाे पुल रहेकाे छ । यस्ताे प्रकृतिकाे पुल नेपालमा नै पहिलाे बनेकाे डाेलीले जनाएकाे छ । डाेलीका अनुसार त्रिशुली र कालीगण्डकी मिसिएकाे ठाउँ देवघाट र सुर्खेतमा यस्तै पुल बनाउने तयारी छ ।
Post Views: 22