नेपालमा सञ्चालन भइरहेको कोरियन कम्पनी एसवाई प्यानलका उत्पादन भारतीय बजारमा निर्यात भएका छन् । कम्पनीले उत्पादन गरेका प्री फ्याब घर बनाउनका लागि आवश्यक पर्ने सामाग्री भारतमा निर्यात भएको हो ।
भारतको सिक्कीमा प्री फ्याव घर बनाउनका लागि सामान पठाएको कम्पनीले जनाएको छ ।
त्यहाँ सामान पठाउनका लागि एसवाई प्यानलको आधिकारीक डिलर समृद्ध निमार्ण सेवाले काम गरिरहेको कम्पनीका जनरल म्यानेजर शशी शाहले जानकारी दिए । नेपालमा लोकिप्रियता कमाउँदै गएको कम्पनीको उत्पादनको माग पछिल्लोसमय भारतका विभिन्न शहरमा पनि भइरहेको शाहले बताएका छन् ।
एसवाई प्यानल प्रयोग गरि निर्माण गरिएका घर भूकम्पबाट सुरक्षित हुने र वातावरणमैत्री हुने भएकाले ग्राहकको रोजाइमा पर्ने उनले बताए । कोरियन कम्पनी एसवाई प्यानल विगत आठ वर्षदेखि नेपालमा सञ्चालनमा रहेको छ । कम्पनीले प्री फ्याब घर निमार्णका ईपीयस प्यानल, स्याण्डवीज, पफ प्यानलहरु उत्पादन गर्दै आएको जनाएको छ ।