नेपाली काँग्रेस स्याङ्जाको सभापतिमा राजु थापा निर्वाचित

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली काँग्रेस स्याङजाको सभापतिमा राजु थापा निर्वाचित भएका छन् । अाज विहान सम्पन्न भएको मतगणनामा थापा निर्वाचित भएका हुन् । प्रतिद्वन्दी भागवतप्रकाश मल्ललाई 32 मतले पछाडी पारेका थापाले १ हजार १ सय १७ मत ल्याएका छन् । मल्लले १ हजार ८५ मत ल्याएका छन् ।

शुक्रवार भएको मतदानमा दुई हजार दुई सय १८ मत खसेको थियो । स्याङजामा २ हजार २ सय ५७ मतदाता रहेका थिए । थापा संविधान सभा सदस्य हुन् भने मल्ल स्याङ्जा–२ को ‘ख’ बाट प्रदेश सभामा निर्वाचित सांसद हुन ।

मल्ल गण्डकी प्रदेशका काँग्रेस संसदीय दलका सचेतक समेत रहेका छन् । थापाकाे लाईन के भन्ने स्पष्ट छैन । जिल्लामा काेइराला भनिए पनि केन्द्रमा देउवा लाईन भनेर चिनिन्छ । मल्ल देउवा लाईन बाटै उम्मेदवार बनेका हुन् । मल्ललाई जिल्लामा गाेपालमानकाे लाईन भनेर चिनिन्छ । प्यानल सहित चुनावी मैदानमा उत्रिएका दुवैजना बीच कडा प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै उपसभापति, सचिव र सहसचिवमा दुवै पक्षका एक/एक जना निर्वाचित भएका छन् ।

थापा पक्षका केदार काफ्ले १ हजार ३ सय ७० मत र मल्ल पक्षका शेरबहादुर थापा ८ सय ९३ मत ल्याई बिजयी भएका छन् । त्यस्तै सचिवमा थापा पक्षका गुरुप्रसाद भट्टराई १ हजार २ सय ९२ र मल्ल पक्षका दामोदर लम्साल ९ सय ३४ मत ल्याइ बिजयी भएका छन् ।

त्यस्तै सहसचिवमा ध्रुवबन्धु पौडेल १ हजार १ सय ५८ मत र पृथ्वीप्रसाद पोख्रेल ९ सय ३९ मत ल्याई निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *