पार्टीको प्रथम अधिवेशन अन्तर्गत शनिबार भएको मतदानबाट प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीलाई ८४ मत अन्तरले पराजित गर्दै उनी सभापति पदमा विजयी भएका हुन् ।
सभापतिमा विजयी शर्माले ६१२ मत र प्रतिस्पर्धी जोशीले ५२८ मत प्राप्त गरेका थिए । गण्डकी प्रदेशमा पार्टीको एक हजार १६० मतदाता रहेकोमा ११ सय ४६ मत खसेको थियो । पार्टीको अधिवेशमा संस्थापन अर्थात शेरबहादुर देउवा समूहबाट केन्द्र्रीय सदस्यसमेत रहेका अर्जुन जोशीले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए ।
यस्तै, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला समूहबाट कास्की कांग्रेसका पूर्वसभापति समेत रहेको शुक्रराज शर्र्माले पनि प्यानल बनाएरैे चुनावी मैदानमा ओर्लिएका थिए । पार्टी सभापति निकट जोशी पर्वत र वरिष्ठ नेता रामचन्द्र पौडेल निकट शर्मा कास्कीका नेता हुन् ।
५५ वर्ष कांग्रेसको राजनीति गरेका शर्मा कास्की कांग्रेसका पूर्व सभापति पनि हुन् । उनले २०४६ देखि २०६३ सम्म १७ वर्ष पार्टी सभापति भएर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसअघि उनले २०३९ सालमा जिल्ला पार्टी सचिव भएर काम गरेका थिए । शर्मा पार्टीमा संगठकको रुपमा परिचित छन् ।
२०६३ पछि पनि शर्माले कांग्रेसमा अभिभावकीय भूमिका निर्वाह गर्दै आइरहेका छन् । उनले माओवादी द्धन्दलाई झेलेर पार्टी अघि बढाएको श्रेय पनि पाएका छन् ।
सभापति शर्माले पार्टीमा सबै निर्वाचित नेता कार्यकर्तालाई राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सिकाउन आवश्यक रहेको र
सुदृढ कांग्रेस र प्रशिक्षत नेता कार्यकर्ता निर्माणमा आफूले विशेष ध्यान दिने नेता शर्माले स्पष्ट पारे । प्रशिक्षण मार्फत कांग्रेसको नीति नियम र पद्धति सिकाउने र प्रदेशका ११ वटै जिल्लामा प्रशिक्षण सञ्चालन गरिने उनले बताए ।
साथै उनले आफ्नै कार्यकालमा पार्टीको प्रदेश समितिको आफ्नै भवन र कार्यालय स्थापना गर्ने संकल्प पनि गरे। ‘
सभापति शर्माले पार्टीमा कसैलाई कहिं अन्याय हुन नदिने र । सबै साथीहरुको चाहना र भावनालाई समेट्दै पार्टी सञ्चालन गर्ने बताएका थिए ।
