नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री दाहालद्वारा बधाइ

Share this post :

Facebook
Twitter
WhatsApp


विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वालुवाटारमा बधाइ ज्ञापन गरेका छन् ।

बिहीबार काठमाडौंमा भएकाे खेलमा नेपालले डक वर्थ लेविसमा युएईलाई नौ रनले हराउँदै जिम्बावेमा हुने विश्वकप छनोटमा छानिएको थियाे ।

नेपाली क्रिकेट टाेली सामूहिक तस्बिर खिचाउँदै ।

प्रधानमन्त्री दाहालले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् । साथै कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशित गर्दै मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *