नेपाली सेनाको कास्कीस्थित श्री कृष्णदल गणले यहाँका विभिन्न स्थानमा मनसुनजन्य विपद्काे पूर्वतयारी सम्बन्धि डेमाे कार्यक्रम गरेकाे छ ।
मनसुनजन्य विपद जोखिम न्यूनिकरण तथा प्रतिकार्यको पूर्वतयारी कार्यक्रम आयाेजना गरिएकाे गणका प्रमुख अमृत लामाले जानकारी दिए ।
सेनाले जेठ १४ देखि २० गतेसम्म पाेखरा महानगरपालिका-१६ अर्मला, २५ हेम्जा, २४ पामे, २२ पूम्दीभूम्दी, २१ कृस्टिनाच्नेचौर र निर्मलपोखरीमा “अभ्यास मनसुन-४” संचालन गरिएकाे लामाले जानकारी दिए ।
सम्बन्धित वडाका बासीन्दालाई समावेश गराई स्थानीय स्रोत र साधनको प्रयोग गरी बाढी तथा पहिरोमा प्रयोग गरिने सामाग्री (रोप, पिकेट, कपडाबाट स्टेचर बनाउने तरिका, म्याट्रेसको प्रयोग गरि बोट बनाउने तरिका र बोतलको प्रयोग गरि लाईफ ज्याकेट बनाउने तरिका) बारे डेमोस्ट्रेसन तथा बाढी, पहिरोबाट हुने जोखिम न्युनिकरण र सोको व्यवस्थापन सम्बन्धी कक्षा तथा सचेतनामुलक जानकारी गराईएकाे थियाे ।
यस्तै, हेम्जामा सोही वडाका वडाध्यक्ष मोतिलाल तिमल्सिना, रेडक्रस उपशाखा हेम्जाका अध्यक्ष नेत्रमणी भण्डारी लगायत विपदसंग सम्बन्धित सरोकारवाला निकाय र स्थानियलाई सहभागी गराई करिब एक सय १५ जनाको उपस्थितिमा स्थानिय स्रोत साधनको प्रयोग गरि बाढी, पहिरो, डुवान, आगलागि र जमिन भांसिदाको समयमा उद्धार कार्य सम्बन्धी डमोस्ट्रेशन तथा अभ्यास संचालन गरिएकाे कर्नेल लामाले बताए ।